काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका वडा नं ३ मा नेपाली काँगे्रसको तर्फबाट पुन सुन्दर अधिकारी भारी तमले निर्वाचित हुनुभएको छ ।
०७४ को स्थानिय तहको निर्वाचनमा पनि निर्वाचित अधिकारीले आफ्ना निकटस्थ प्रतिस्पर्धी नेकपा एमालेका तर्फका उम्मेदवार उद्धवप्रसाद अधिकारीले भन्दा ४४५मत बढी ल्याई निर्वाचित हुनुभएको छ ।
निर्वाचित सुन्दर अधिकारीले ८०५ मत प्राप्त गर्नुभएको थियो भने, उद्धवप्रसाद अधिकारीले ३६० मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी नेकपा माओवादी (केन्द्र) तर्फबाट उम्मेदवारी दिनुहुने रमेस गिरीले २७० मत प्राप्त गर्नुभएको थियो । राप्रपाका उम्मेदवारले ९ र स्वतन्त्र उम्मेदवारले १२ मत प्राप्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस