२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता


५६४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ २९, आईतबार मा प्रकाशित ४ साल अघि
  • मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता र कुल मतदाता सङ्ख्यालाई भाग गरी आउने प्रतिशतलाई औसत मृतक मतदाता प्रतिशतका रूपमा लिन सकिन्छ ।” यस आधारमा तथ्याङ्कविद् रेग्मीकै विधि पछ्याउँदा देशव्यापी रूपमा करिब ४.५३ प्रतिशत मृतक मतदाता हुने अनुमान गरिएको छ ।

    निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । जसअनुसार मतदाता नामावलीमा आठ लाख तीन हजार मृतक मतदाताको नाम रहेको आङ्कलन गर्न सकिन्छ ।  रेग्मीले उक्त आँकडामा १० देखि २० प्रतिशतसम्म  त्रुटि ‘मार्जिन’ मनासिव हुने सुझाव दिए । उक्त त्रुटि ‘मार्जिन’लाई हटाउँदासमेत मृतक मतदाताको सङ्ख्या करिब छ लाख ४२ हजार हुन्छ । तर निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त तथ्याङ्क अपत्यारिलो रहेको दाबी गरे । उनले यसो भनिरहँदा निर्वाचन आयोगसमक्ष मृतक मतदाता पहिचान गर्ने आधार, सूची र सङ्ख्या अद्यावधिक छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार