२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

काभ्रे जिससमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा


२४८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ २९, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक — जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन सत्ता गठबन्धनका दल र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन कायम नै राखेका हुन् ।

    नौ सदस्यीय समितिमा एकीकृत समाजवादीले प्रमुख, कांग्रेसले उपप्रमुखसहित ५ सदस्य र नेकपा (माओवादी केन्द्र) ले ३ सदस्य पाउने सहमति बनेको थियो । असार १ गते मतदान तोकिएको छ ।

    गठबन्धनको तर्फबाट प्रमुखमा एकीकृत समाजवादीका दिपक कुमार गौतम, उपप्रमुखमा कांग्रेसका रिमबहादुर तामाङ र सदस्यमा कांग्रेसबाट मंगलबहादुर तामाङ, निरबहादुर लामा, चण्डिका मिजार र अप्सरा  सिपखान -ढुंगाना_, माओवादी केन्द्रबाट कमलराज गिरी, कृष्णकुमारी राई र रस्मिता भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

    एमालेले प्रमुखमा कमला भट्टराई र उपप्रमुखमा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ । सदस्यहरुमा प्रमिला बिक कामी, रोजिना तामाङ, रुपा प्याकुरेल धिताल, मन मिजार र गोपिबहादुर श्रेष्ठ, सागर मानन्धर र प्रकाश बञ्जारा छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार