२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

जनतामारा मुल्य वृद्धिको आरोप अभियान काभ्रेमा


५९१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ ११, शनिबार मा प्रकाशित ३ साल अघि
  • बनेपा/ नेपाल नागरिक अभियानले बनेपामा विरोध प्रदर्शन गरेको छ । चरममुल्य वृद्धि, कालाबजारी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै अभियानले विरोध प्रदर्शन गरेको हो । साथै उसले एसपिपी कुनै हालतमा पास नगराउन पनि खबरदारी गरेको छ ।
    गोदामचोकबाट ¥याली शुरु भई बसपार्क हुँदै चारदोबाटोमा कोण सभा गरेको अभियानको सो पामा विरोध प्रदर्शनीमा पूर्व सुरक्षाकर्मी परिषदका अध्यक्ष दिपक तिमल्सिनाले उत्पादनमुखी कार्यमा जोड दिनु पर्नैमा सरकार हदैसम्म लापरवाही बन्दै गएकोमा दुःख व्यक्त गर्दै जनतामारा मुल्य वृद्धि नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउनु भयो ।

    नेपाल नागरिक अभियान केन्द्रिय युवा संयोजक श्रीकृष्ण श्रेष्ठले दिनदिनै मुल्य वृद्धिले गरिखाने वर्ग मारमा पर्दा सरकारले कुनै चासो नलिई जनतामारा गतिविधि गरेकोमा खेद व्यक्त गर्नुभयो । उहाँले राष्ट्रघाती निणर्य नगर्न पनि सरकारलाई चेतावनी दिनुभयो । कोणसभा नेपाल नगरिक अभियान काभ्रेका संयोजक किरण मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार