२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

असहायको सेवामा जुटे पत्रकार


२४३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ १८, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । काभे्रमा आफ्नो कर्मक्षेत्र बनाएर लामो समयदेखी पत्रकारीता गर्दै आउनु भएका नवराज बजगाईले असहायको सेवामा जुट्नु भएको छ ।

    पत्रकार वजगाईले बिगत वर्षहरुमा जस्तै यो बर्ष पनि काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गरेर आफ्नो जन्म दिन मनाउनु भएको छ ।

    पत्रकार महासंघ काभ्रे र प्रेस चौतारी काभ्रेका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले शनिबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसंगै खाद्यान्न र लत्ता कपडाहरु सहयोग गर्नुभएको हो । उहाँले गत वर्षहरुमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरुमा सहयोग गर्दै आउनु भएको छ ।

    धेरै सहयोग गर्न नसकेपनि जे जती सकियो तेति सहयोग गर्दा समाजका अरुले पनि देखेर यसैगरी सामाजिक कार्यमा लाग्न सक्ने भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको पत्रकार बजगाईले बताउनुभयो ।

    आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उहाँको भनाइ थियो । असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा आश्रममा रहेकाहरुलाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले सकेको सहयोग जारी राख्ने बजगाईले बताउनुभयो ।

    उहाँले सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, फलफुल, जुस, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गर्नुभएको हो । सामग्री बुझ्दै सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठले यस्ता सहयोगी कै कारण सेवा घर असाहयको साहारा बन्न सकेको बताउनु भयो ।

    सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरुको सेवाको लागि ५ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो । जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जिवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले बताउनु भयो ।
    सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरुको सेवाको लागि ५ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो । जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जिवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार