२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

नगरवासिहरुको निशुल्क उपचार व्यवस्था


२६२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । कमभ्रेको नमोबुद्ध नगरपालिकाले मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचार (शल्यक्रिया)को व्यवस्था मिलाएको छ ।

    रेयुकाई एइको मासुनासा आ“खा अस्पताल बनेपासंग सम्झौता गरेर निशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो ।

    कसैलाई पनि दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाएको नगर प्रमुख लामाले बताउनुभयो । उहाँका अनुसार, सो समस्या भएकाले वडाबाट सिफारिस लिएर बनेपास्थित उक्त आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् । वडाको सिफारिस लिएर आउने सबैलाई निशुल्क उपचारको व्यवस्था मिलाइने अस्पताल सञ्चालक समितिका महासचिव हिरामणि शर्माले जानकारी दिए ।

    नगरपालिका र अस्पतालविच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । नगरपालिकाको तर्फबाट प्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र अस्पतालको तर्पmबाट अध्यक्ष मधुप्रसाद आचार्य र महासचिव हिरामणि शर्माले हस्ताक्षर गर्नुभएको छ । मोतियाविन्दु पहिचानको लागि नगरपालिकाले अस्पतालको प्राविधिक सहयोगमा विभिन्न समयमा आँखा शिविर समेत गर्दै आएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार