बागलुङ नगरपालिका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्का र प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखेर नदीजन्य पदार्थको कर संकलन गर्दा कर उठाई मिलेमतो गरी नगरपालिकालाई हानी नोक्सानी गरेको आगोगको ठहर छ । तोकेको दरमा सूचना प्रकाशन गरेर ठेक्का लगाउनुपर्नेमा सो नगरी बिक्री वितरण दर घटी निर्धारण गरेर राजस्व संकलन गर्दा नागरपालिकालाई १७ लाख ४० हजार हानी गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।
आयोगले तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कालाई ३४ लाख ८० हजार, तत्कालीन वडाअध्यक्ष जीवन आचार्यलाई ३४ लाख ८० हजार र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर र निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्यायसँग सोही परिणाममा बिगो माग दावी लिएको छ । राजस्व शाखाका सदस्य सचिवविरुद्ध पनि समान बिगो मागदावी लिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस