२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

 साकोस अभियानको चरणवद्ध विकासको लागि लागिपरेका छौं—पौडेल


३१७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन २, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरको केन्द्र बिन्दुमा ०६७ सालमा स्थापना भएको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा आज (आईतबार) सम्पन्न भएको छ ।

    साधारण सभाको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) का अध्यक्ष परितोष पौडेलले भन्नुभयो—स्वच्छा सहकारी संस्थाले शेयर सदस्यहरूको हितको लागि राम्रो कार्य गरेको छ । शेयर सदस्यहरूको रकमको संरक्षण साथै सुरक्षा गर्ने कार्यमा संस्था निरन्तर रुपमा अगाडि बढेकोमा खुसि व्यक्त गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि नेफ्कून अध्यक्ष पौडेलले शुभकामना मन्तव्यमा भन्नुभयो—स्वेच्छा बचत तथा ऋण सहकारी संस्था लि.सहकारी सन्चालनका सार्वभौम मूल्य‚ मान्यता र सिद्धान्तलाई आत्मसात गरी नीति‚ विधि र प्रविधिको प्रधानता भित्र सदस्य केन्द्रित भई सञ्चालनमा रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

    सदस्यहरूबीच वित्तीय कारोबार गनर्े स्वच्छा बचत तथा ऋण सहकारी संस्थाले वित्त परिचालनमा निहित जोखिमको संवेदनशीलतालाई आत्मबोध गदर्ै वित्तीय सुशासन र गुणस्तरीय सेवा सहित दिगो साकोस निर्माण माफर्त सदस्यको जीवनस्तर सुधारमा प्रतिवद्धताका साथ अगाडि बढ्ने कार्यमा संघको तफर्बाट सहयोग मिल्ने बताउनु भयो । साकोस अभियानको चरणवद्ध विकासका कार्यमा योजनाबद्ध रुपमा लागिपरेका छौं । विद्युतीय वित्त प्रणाली‚ स्तरीकरण र स्थिरीकरण कोषको प्रभावकारी सञ्चालनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक साझेदारी सहित अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र सफल अभ्यासहरुलाई नेपालको साकोस अभियानमा अवलम्बन गर्न प्रयत्नशील छौ ।  सबल र दिगो वित्तीय सहकारीहरूको साझा सञ्जाल भन्ने नेफ्स्कूनको परिकल्पना पूरा गर्न सद्‌भावपूर्ण सहकार्यको अपेक्षा गर्दै स्थानीयस्तरबाट समेत सुशासित साकोस अभियान निर्माणमा पहलकदमीको लागि अध्यक्ष पौडेलले अनुरोध गर्नुभयो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष ओंकार श्रेष्ठले बाषिर्क साधारण सभामा उपस्थित सम्पुर्णमा धन्यवाद दिदै संस्थाको सदस्यहरू साथै कर्मचारी मित्रहरूको साथ‚ सहयोग र हौसलाको कारण संस्थालाई सबल बनाउन सफल भएको बताउनु भयो । उहाँले थप्नुभयो— एक दशक बढीको यात्राको दौरानमा संस्थाले आर्जन गरेका उपलब्धि समस्त सदस्यहरूको  संस्था प्रतिको अटुट आस्था‚ विश्वास र सहकारिताका परिणाम भएको बताउनु भयो ।

    कोभिड आक्रमणको जोखिमपूर्ण परिस्थिति कायमै रहेको तथा राष्ट्रिय अर्थतन्त्रका सूचकहरू पनि कमजोर रहेको वर्तमान चुनौतीपूर्ण अवस्थामा संस्थाले सदस्यहरूको अपेक्षा पुरा गर्न निरन्तर क्रियाशील रहेको बताउनु भयो ।
    पाँचखाल र आसपासका क्षेत्रमा छरिएर रहेको पुँजीहरुलाई एकीकृत गर्दै बचत गर्ने वानिमा विकास गराउनुको साथै आर्थिक चपेटामा परेकाहरूलाई साथ सहयोग गर्ने उद्देश्यले सञ्चालनमा आएको संस्थाले आफ्नो लक्ष अनुसारको कार्य गर्दै अगाडि बढेको छ । कृषि नगरको रुपमा परिचित पाँचखालका कृषकहरूका‚ उद्योगी ‚ व्यवसायीहरूको लागि आवश्यक पर्ने पुँजीको व्यवस्थापन र सहजताको लागि साथै सामाजिक कार्यमा समेत अग्रसरता देखाउदै आएको संस्थाले पाँचखालमा सफल सहकारीको रुपमा परिचित गराउन सफल भएको छ ।

    बाह्रौं बाषिर्क साधारण सभाको अवसरमा संस्थाका कोषाध्यक्ष सुनिल सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थामा आवद्ध शेयर सदस्यहरूको संख्या १०५३ रहेको जसबाट १ करोड ६ हजार ६ सय रहेको छ । त्यसैगरी बचत संकलन १९ करोड १९ लाख ७३ हजार ९ सय ३८ रहेको बताउनु भयो । संस्थाले ३० लाख ६० हजार ८ सय १५ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।

    संस्थाका उपाध्यक्ष रामकुमार बोहोराबाट सञ्चालित उक्त कार्यक्रममा जिलला बचत संघका अनुगमन तथा निरीक्षण समितिका सदस्य उपेन्द्र प्रसाद हुमागाईँ‚ सर्वमङ्गला माविका प्रधानाध्यापक जयराम अधिकारी ‚ प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव काफ्ले‚ सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली‚ आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ठाकुरनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका असल बचतकर्ता‚ बालबचत कर्ता ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार