२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

काभ्रेमा अनधिकृत रुपमा निर्माण भएको संरचनामा चल्यो डोजर


२६१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन ३, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक ।काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं ६ को तरकारी बजारमा अनधिकृत रूपमा बनेका संरचनामा नगरपालिकाले डोजर चलाएको छ । १० दिनअघि पनौती नगरपालिकाले सूचना जारी गर्दै मापदण्ड विपरित बनाएका संरचना हटाउन सूचना जारी गरेको थियो।

    सूचना जारी गरे पनि घर–टहरा बनाएर बसेकाहरूले अटेर गरेपछि नगरपालिकाले आइतबार डोजर चलाएको हो । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले तरकारी बजारमा दशवटा घर–टहराले अनधिकृत रूपमा बसेकाले डोजर लगाएको बताए । उनले २० वर्षदेखि सो क्षेत्रमा अनधिकृत रूपमा घर–टहरा रहेकाले त्यहाँ डोजर लगाएको उनको भनाइ छ । केही वर्षअघि नै नगरपालिकासँग मुआब्जासमेत लिएर अटेरी गर्ने घर–टहरामा डोजर चलाएको बताएको छ ।

    नगरप्रमुख भण्डारीले सार्वजनिक सम्पत्तिमा घर–टहरा बनाएको छ भने अरू ठाउँ पनि हटाउने बताएका छन् । उनले नगरपालिका क्षेत्रभित्र रहेका अनधिकृत घर–टहरा सार्वजनिक जग्गा खोजी भइरहेको र त्यसको संरक्षण गर्ने दायित्व नगरपालिकाको रहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार