२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

अरनी र विपी राजमार्गमा टिपर चल्न नपाइने 


२५०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । नेपालीहरूको महान पर्वको रुपमा मनाइने विजया दशमीको अवसरमा आवत जावत गर्ने यात्रुवाहक बसहरू सञ्चालनमा समस्या नरहोस भन्दै असोज १४ देखी असोज २४ सम्मका लागि अरनिको राजमार्ग र विपी राजमार्गमा टिपर सञ्चालनमा रोक लगाइएको छ ।

    प्रमुख जिल्ला अधिकारी हुम कला पाण्डेका अनुसार पर्वको समयमा यात्रुहरूको चाप बढ्ने र जसका कारण यात्रुवाहक सवारी साधन बढी सञ्चालन हुने भएकोले राजमार्गमा सहज ढंगबाट बसहरु सञ्चालन हुन जसको कारण यात्रुहरू समयमै गन्तव्यमा पुग्न सहज रहोस् भनी उक्त निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

    पर्वको समयमा प्राय गरेर दुर्घटना हुनेगरेको विगतको उदाहरणलाई मध्य नजर राख्दै दुर्घटनालाई न्यूनिकरण गर्नको लागि ट्रिपरमा रोक लगाउनको साथै सडमा सञ्चालन हुने सबै प्रकारका सवारी साधनहरूको लागि टायम कार्डको व्यवस्था समेत गरेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार