२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

पाँचखाल महोत्सव भोलिसम्म चल्ने 


३२११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन १६, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक। पाँचखाल नगरको मुटु मानिने पुफा फुटबल खेल मैदानमा असोज ३ गते देखि सञ्चालनमा रहेको तेस्रो पाँचखाल महोत्सव भोलि असोज १७ गते सम्म सञ्चालन हुने भएको छ ।

    महोत्सव आयोजना गर्दै गर्दा असोज १६ गते सम्म महोत्सव सञ्चालन हुने भनिएपनि स्थानियको आग्रहमा एक दिन थप गरेको आयोजक पक्षले जानकारी गराएका छन् । महोत्सव समापनको लागि अन्तिम तयारी गर्दै गर्दा स्थानीय साथै व्यवसायीहरूको आग्रहमा आयोजक पक्षले एक दिन थप्ने निर्णय गरेको हो ।

    समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक दीपक गौतम समेत अतिथिहरुसंग आयोजक पक्षले छलफल गरी एक दिने थप्ने निर्णय भएको थियो । पुफाका संस्थापक कालदेखि हाल सम्मका अध्यक्ष मिलन श्रेष्ठले आफू लामो समयदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकोमा साथीहरूलाई पालो दिनु पर्ने तताउँदै अध्यक्षको जिम्मेवारी हालका सचिव जीवन नेपाललाई हस्तान्तरण गर्दै हुनुहुन्छ ।

    पद हस्तान्तरण गरेपछि केही दिनमै क्लबको टिमको बारेमा छलफल गरि निर्णय गर्दै पदभार ग्रहण कार्यक्रमको आयोजना गरिने जानकारी प्राप्त भएको छ । संस्थापक अध्यक्ष श्रेष्ठको निर्णयले समाजमा रहेका धेरै सङ्घसंस्थालाई पाठ सिकाएको छ । पदमा पुगेपछि कुर्सीबाट ओर्लनै नचाहने यो अवस्थामै स्वविवेक ढंगबाट पद हस्तान्तरण गर्नुले समाजमा सकारात्कमक सन्देश दिएको छ ।

    क्लवका अध्यक्ष मिलन श्रेष्ठको सभापतित्व सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतम‚ पाँचखाल नगरका उपप्रमुख सुर्यमायाँ दनुवार ‚जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता अप्सरा डुंगाना‚ पाँचखाल वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ लगायतका वक्ताहरूले पाँचखालमा महोत्सवको आवश्यकता र महत्वका बारेमा प्रस्ट्याउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार