२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

काभ्रेलीको क्लवका बाउन्सरमाथि सोह्रखुट्टेमा खुकुरी प्रहार


४२७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन २५, मंगलबार मा प्रकाशित २ साल अघि
  • २५ असोज, काठमाडौं । दरबारमार्गको प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि मंगलबार विहान काठमाडौंको सोह्रखुट्टेमा खुकुरी प्रहार भएको छ ।

    ड्युटी सकेर घर फर्किँदै गरेका नितेश राई र छिरिङ लामालाई मंगलबार विहान ४ बजे सोह्रखुट्टेमा मोटरसाइकल रोकेर ७/८ जनाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    आक्रमणबाट नितेशको खुट्टामा र छिरिङको टाउकोमा चोट लागेको छ । उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार खुकुरी प्रहार भएको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको र संलग्नहरुको खोजी सुरु गरिएको छ ।

    प्लाटिनम क्लबमा काभ्रेका अमित लामासहितको लगानी छ । उक्त क्लबमा केही महिनाअघि बाउन्सरहरु नितेश र छिरिङसहितले एक समूहमाथि कुटपिट गरेको थियो । प्रहरी स्रोतका अनुसार पछि कुटपिटमा परेका समूह नै पक्राउ परेका थिए । सोही समूहले नितेश र छिरिङसँग बदला लिएको हुन सक्ने एक प्रहरी अधिकृत बताउँछन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार