२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

देशभरको मौसममा सुधार, भारी वर्षाको सम्भावना छैन


२६२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राती प्रदेश १ का एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार