२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

केन्द्रिय सरकारले बागमतीका कृषकलाई पक्षपात गर्यो—सुर्य मायाँ ,जनज्योतिको १५ औं साधारण सभा सम्पन्न


३७६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • आई.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाको कार्यवाहक प्रमुख सुर्य मायाँ दनुवारले बाग्मती प्रदेशका कृषकहरूलाई केन्द्रीय सरकारले पक्षपात गरेको बताउनु भयो ।

    आज (शुक्रबार) पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको जनज्योति बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं साधारण सभाको उद्घाटन गर्ने क्रममा बताउनु भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरका कार्यवाहक प्रमुख दनुवारले कृषिको लागि उर्वरा भूमीको रुपमा रहेको वागमती प्रदेशमा अनुदानको रासायनिक मल वितरणमा पक्षपात गरेको ठोकुवा गर्नुभयो । बागमती प्रदेशको लागी कुल अनुदानको मल मध्य १२ प्रतिशत मात्रै कोटा निर्धारण गर्नु र प्रदेश १ मा ३४ प्रतिशत निर्धारण गर्नुमा आपत्ति भएको बताउनु भयो । प्रदेश १ र बागमती प्रदेशको जनसंख्या बराबरी छ तर खेती योग्य जमिन बाग्मतीमा बढी हुँदा हुँदै पनि कोटा निर्धारण प्रकृयामा पक्षपाती भयो ।

    संघ सरकारले बागमती प्रदेशका कृषकहरूलाई सौतेनी आमाको छोरा छोरीको व्यवहार गरेको छ । धेरै कोटा निर्धारण गरेको स्थानमा अनुदानको मल खपत भएको छैन‚ सो खपत नभएको मल कालाबजारियाले ब्ल्याकमा बागमती प्रदेशमा भित्रिएको प्रमुख अतिथि दनुवारले बताउनु भयो । काभ्रेका रहेका पालिकाहरू मध्य पाँचखाल‚ मण्डन देपुर‚ बनेपा र पनौतीमा बडी मल खपत हुने भएकोले सो स्थानहरूमा मलको व्यवस्था गर्नको लागि अगुवा कृषकको साथमा हामी केन्द्रिय सरकार समक्ष डेलिगेसन जाने तयारी गरेको बताउनु भयो ।

    पाँचखालमा रहेको सहकारी मध्य फरक ढंगबाट संञ्चालन गरेको जनज्योति बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यहरूको हितको लागि कार्य गरेको वताउनु भयो । धेरै सहकारीमा आबद्ध हुनु भन्दा आफूलाई विश्वास भएको शेयर सदस्यहरूको हितको खातिर कार्य गर्ने सहकारीमा आबद्ध भएर एउटै सहकारीमा कारोबार गर्न उचित हुने बताउनु भयो । समान शेयर हुनाको साथै शेयर सदस्यहरूको माया गर्ने जनज्योति सहकारी संस्थामा कारोबार गरेर आफ्नो गर्जो टार्नेका साथै भविष्यको लागि साहरा बनाउने कार्यमा निरन्तर लाग्न शेयर सदस्यहरूलाई अनुरोध गर्नुभयो ।

    कार्यक्रममा पाँचखाल नगरपालिका कृषि तथा सहकारी प्रमुख ईश्वर अधिकारले भन्नुभयो “सहकारी संस्था‚ सदस्य सङ्ख्याको आधारमा ठुलो सानो हुन सक्दैन‚ सहकारीले शेयर सदस्यहरूलाई दिने सुविधा जिम्मेवारी‚ दायित्व साथै कार्यको आधारमा सानो ठुलो निर्धारण हुन्छ ।” अधिकारीहरूको पासबुक थुपार्ने होडमा एकै प्रकारका धेरै सहकारीहरूमा आबद्ध हुन नहुने बताउनु भयो । फरक फरक प्रकृतिका निश्चित सहकारीहरूमा आवद्ध रहेर बचत गर्ने साथै आर्थिक कारोबार गर्न सुझाव दिनुभयो । जुन सहकारीले सहकार्यको उद्देश्यका साथमा अगाडि बढ्छ वास्तवमै त्यस्तो सहकारी समाजको लागि आवश्यक हुने अधिकारीले बताउनु भयो ।

    संस्थाका अध्यक्ष धर्मराज राईको सभा ध्यक्षतामा सम्पन्न कार्यक्रममा असल बचत कर्ता शिवानी दनुवार सुन्दर दनुवार सम्मानित हुनु भएको थियो भने असल ऋणी तफर् गंगा दनुवार सम्मानित हुनुभएको थियो । संस्थाका सचिब श्याम कुमार दनुवारले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष साईलो दनुवारले आर्थिक प्रतिवेदन र संस्थाका अध्यक्ष धर्मराज राईले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    १५ औं बाषिर्क साधारण सभाबाट धर्मराज राईको अध्यक्षतामा ११ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा नवराज दनुवार‚ सचिव श्यामकुमार दनुवार‚ कोषाध्यक्ष साईलो दनुवार रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा रामकुमार दनुवार, शुक्रमायाँ दनुवार, ठुलोकान्छा दनुवार, राम वहादुर दनुवार, रञ्जु दनुवार, इना दनुवार र यादव दनुवार रहनु भएको छ । त्यसैगरी दिनेस दनुवारको संयोजकत्वमा सदस्य पार्वती श्रेष्ठ र रामभक्त दनुवार लेखा समिति र विजय दनुवारको संयोजकत्वमा सदस्य सत्यदेवी थापा र प्रेमलाल नापित सहकारी शिक्षा समिति गठन भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार