२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

पाँचखालमा मलको समस्या समाधानको लागि नगरको अग्रसरता‚  बजारमा बिक्री हुनेगरेको मलको गुणस्तर परिक्षण गर्छौ—थानी


३१९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ कार्तिक २०, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रे पाँचखालका कृषकहरूको प्रमुख बालिको रुपमा लगाईनेे आलु खेतीको लागि राज्यले अनुदानमा उपलब्ध गराएको रासायनिक मल अभाव हुँदा गैर अनुदानको मलको गुणस्तर परिक्षण गरी सिफारिस गर्ने भएको छ ।

    बजारमा धेरै थरीको मलहरु बिक्री हुँदै आएको तर कुन मलको गुणस्तर कस्तो भन्ने विषयमा कृषकहरूलाई पुर्ण रुपमा पहिचान हुन नसकेकोले पाँचखाल नगरको पहलमा मलको गुणस्तरता परिक्षण गरी सिफारिस गर्ने भएको हो ।
    कृषि नगरका कृषकहरूको हितको खातिर नगरपालिकाले बजारमा विक्रि हुँदै गरेको मलको नमुना संकलन गरी परीक्षणको लागि पठाउने तयारी गरेको छ । नगरका उपप्रमुख सुर्यमायाँ दनुवार र कृषि शाखा प्रमुख इश्वर अधिकारीले बजार अनुगमन गर्दै मलको परीक्षणको लागि नमुना संकलन गर्ने कार्य भएको छ ।

    मलको परिक्षण पश्चात गुणस्तरीय ढङ्गको मल प्रयोगको लागि नगरले सिफारिस गर्ने तयारी गरेको छ । मल आयात गर्दा लाग्ने परलमूल्य निश्चित मुनाफा राखि बजार मूल्य तोक्ने तयारी समेत भएको जानकारी प्राप्त भएको छ । जसले गर्दा पाँचखालका कृषकहरूले उचित मूल्यमा गुणस्तरीय मल प्रयोग गर्न पाउने भएका छन् । मनलाग्दी ढंगको मूल्य साथै गुणस्तरको पहिचान नभएको विभिन्न नामका मलहरु बजारमा पाइएकोले कृषकहरू सशंकित हुँदा नगरले कृषकहरूको हितको खातिर कार्य गर्ने तयारी गरेको छ ।

    पाँचखालमा रहेका मल बिक्रेताहरूसँग कृषिसामग्री कम्पनी तथा साल्ट टे्रडिङ्गमा रहेका डिलरहरू छलफल कार्यक्रमको आयोजना गरी अनुदानमा आउने मलहरुको उचित ढंगबाट वितरण गर्ने बिषयमा छलफल भएको थियो । उक्त छलफल कार्यक्रममा नगरका उपप्रमुख सुर्यमायाँ दनुवारले भन्नुभयो— कृषकहरुको हितको लागि अनुदानको मल ल्याउनको लागि पहल गरेको तर तत्काल कृषकको माग अनुसार आपुर्ति नहुने भएकोले बजारमा बिक्री हुँदै गरेको अनुदान बेगरको मलको गुणस्तरता पहिचानको साथै उचित मुल्य निर्धारण गर्ने बताउनु भयो ।

    कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत दिनेश प्रसाद थानीले भन्नुभयो कृषी पेसामा आबद्ध कृषकहरूको हितको खातिर कार्य गरिने छ‚ यतिखेरको समयमा कृषकहरूलाई रासायनिक मलको खाँचो छ । परिपुर्तीको लागि प्रयासरत रहेका छौं । तत्काल अनुदानको मल पर्याप्त आपुर्ति हुन नसक्ने अवस्थामा गैर अनुदानको मलको गुणस्तरीयता पहिचान गरी उचित मूल्य निर्धारण गरी बिक्रीको व्यवस्था मिलाउने छौं । गुणस्तरको बारेमा कृषकहरूलाई जानकारी नहुँदा अल्मलिएको साथै मूल्यको लागि समेत सशंकित भएकोले व्यवस्थापनको लागि नगरले पहल गर्ने जसको कारण कृषकहरूले ढुक्कका साथमा प्रयोग गर्ने वातावरण निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत थानीको तर्क थियो ।

    छलफल कार्यक्रममा पाँचखाल नगर कृषि शाखा प्रमुख इश्वर अधिकारीले कृषकको हितको लागि निरन्तर लागि रहने बताउनु भयो । उहाँले थप्नुभयो कोटा निर्धारण भए अनुसार प्राप्त भएको अनुदानको मल वितरणमा सहजता साथै गैर अनुदानको मलको गुणस्तरको पहिचान गरी सिफारिस गर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार