२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

डेंगु रोगको कारण वडा अध्यक्षको निधन


८९१९ पाठक संख्या
  • २०८० भाद्र २१, बिहिबार मा प्रकाशित १ साल अघि
  • २१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।

    उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रिजाल दोस्रो पटक नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् ।

    नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०२७ साल कात्तिक १९ गते जन्मिएका हुन् । महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार