२०८१ पौष २१, आईतबार | Sun, 05, Jan, 2025

पाँचखालमा खवरदारी सभा , युवा संघका अध्यक्ष सहित प्रवेश, रमेश गिरीको नेतृत्वमा ४९ नगर समिति निर्वाचित


६१३७ पाठक संख्या
  • २०८१ पौष १६, मंगलबार मा प्रकाशित ५ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरमा नेकपा माओवादी (केन्द्र) पाँचखाल नगर समितिद्वारा आयोजित बृहत खबरदारी सभा तथा चौथो नगर अधिवेशन सम्पन्न भएको छ ।

    वर्तमान सरकारको कु–शासन, भ्रष्टाचार र बेथितीको विरूद्धमा गरेको खबरदारी सभामा माओवादी केन्द्र काभ्रेपलाञ्चोक इंञ्चार्ज एवं संविधान सभा सभासद तेज बहादुर मिजारको प्रमुख आथित्य साथै बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, पुर्व सांसद एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा वहादुर दोङ (बमधोज) , बागमती प्रदेश सांसद रुकु चौलागाई , नेकपा माओवादी केन्द्र प्रदेश समिति सदस्य आइत सिं तमाङ , माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रे संयोजक भोला अर्याल समेतले संयुक्त उद्घाटन गरी खबरदारी सभाको उद्घाटन भएको थियो ।

    नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितिका अध्यक्ष मणि गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त खवरदारी सभामा पाँचखाल नगर समिति उपाध्यक्ष सरिता तामाङ (शाही)ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संञ्चालन नेकपा माओवादी (केन्द्र) काभ्रे जिल्ला समन्वय समितिका सदस्य नारायण ढकालले गर्नुभएको थियो । बोहोरे दोभान चोकबाट सुरु भएको र्याली समाज कल्याण चोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा पाँचखाल वडा नं १० नेकपा एमाले युवा संघका अध्यक्ष सुनिल सापकोटा र वडा नं ९ बाट नेकपा एमालेको तर्फबाट पुर्व वडा सदस्य राम बहादुर चर्माकार, नेपाली काग्रेसबाट दिपक ढोडारी र पुनमाया श्रेष्ठ नेकपा माओवादी पार्टीमा प्रवेश गरेका छन् । त्यसैगरी विभिन्न पार्टी परित्यात गरी नेकपा माओवादी (केन्द्र) मा प्रवेश गर्नेहरुमा सुकुराम तमाङ , कृष्ण वहादुर तमाङ , राजेश तमाङ , दिनेश तामाङ , सुरज तामाङ , रोहित तमाङ , सुजन तमाङ र सुकु वहादुर तमाङ रहेका छन् ।

    खबरदारी सभा सम्पन्न पश्चात पाँचखाल नगरपालिकाको सभा हलमा सम्पन्न भएको चौथो नगर अधिवेशन बाट रमेश राज गिरीको अध्यक्षतामा ४९ सदस्यीय नगर समिति निर्वाचित हुनुभएको छ । जसको महिला उपाध्यक्षमा गिता भट्ट, उपाध्यक्ष हेम बहादुर श्रेस्ठ (प्रवीण), उपाध्यक्ष अखिल तामाङ , सचिव गोकुल गुरागाई , सह–सचिव बुद्धि प्रसाद पराजूली , कोषाध्यक्ष नानी माया तामाङ रहनु भएको छ ।

    त्यसैगरी सदस्यहरुमा पाँचखाल वडा नं १ बाट सूर्य वहादुर तमाङ , अम्मर वहादुर तमाङ , माया तमाङ , राजन तमाङ , सुनिल कुमार वजगाई । वडा नं २ बाट नारायण ढकाल , तिलकराम सापकोटा , किशोर प्रसाद सापकोटा , पुन्य प्रसाद चौलागाई , अर्जुन विक । वडा नं ३ बाट मैया अधिकारी , कृष्ण वहादुर सार्की , प्रेम प्रसाद ढुंगाना । वडा नं ४ बाट सुनमायाँ लामा , हर्क वहादुर पाण्डे । वडा नं ५ बाट सुमित कुमार तमाङ , राजन सापकोटा , शर्मिला रन्जितकार , अनिता गौतम , बलराम सापकोटा । वडा नं ६ बाट मछिन्द्र श्रेष्ठ , मन्जु कोइराला , मोहन श्रेष्ठ , शिव कुमारी श्रेष्ठ , हरिवोल सत्याल । वडा नं ७ बाट अरुणा सेवा ,वडा नं ८ बाट छोइसाल लामा । वडा नं ९ बाट कुसुम श्रेष्ठ , लाल वहादुर सार्की , रुद्र वहादुर ठकुरी । वडा नं १० बाट रमेश प्रसाद चौलागाई , कोपिला माया श्रेष्ठ , भिमसेन पन्त । वडा नं ११ बाट अच्युत सेडाई , हरि भजन सेडाई , इन्दु लामा , हर्क वहादुर लामा । वडा नं १२ बाट सुरेस भुजेल , किशोर शाही , हरिगोपाल दनुवार र वडा नं १३ बाट बाल कृष्ण सेडाई र गोपी विसुन्खे रहनु भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार