२०८१ पौष २६, शुक्रबार | Fri, 10, Jan, 2025

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?


१६१३ पाठक संख्या
  • २०८१ पौष २५, बिहिबार मा प्रकाशित २३ घण्टा अघि
  • काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही युरोप अमेरिका गईरहेका छन् । राम्रो ठाउँ, गुणस्तरीय काम र बस्न खान लगायत पढ्नका लागि राम्रो ठाउँको खोजिमा सबै मानिसहरू भौताारिरहेका छन् । त्यसो त कुन कन्सल्टेन्सीबाट आफुले डकुमेन्ट पेश गरेर आवेदन दिने भन्ने पनि आम जनमानसमा आवश्यकताकै विषय बन्दै गएको छ ।
    पछिल्लो समय कुन देश जादाँ राम्रो हुन्छ ? कसरी जाने ? के हुन्छ भिसा प्रक्रिया ? कति खर्च लाग्छ ? कसरी जाने ? कहाँ पढ्ने ? लगायतका यावत् कुराहरू हामी खोज्ने प्रयास गरेका छौँ ।
    त्यसो त विगत लामो इतिहास बोकेको बानेश्वरमा अवस्थित माइल्स इन्टरनेसनल कन्सल्टेन्सी पनि यहाँहरूका लागि उत्कृष्ट रोजाई बन्न सक्छ  । २०१५ मा स्थापना भएको कन्सन्टेन्सीले शरूवातमा नै अस्ट्रेलियामा काम गरेको थियो ।  हाल अस्ट्रेलिया, क्यानडा युएसए र युकेलाई फोकस गरेर अगाडि बढिरहेको माइल्स इन्टरनेसनल कन्सन्ट्रेन्सीको काठमाडौँ लगायत, देशभित्र  दाङको तुलसीपुर, बुटवलको ट्राफिक चोकमा शाखा कार्यालय रहरू छन् भने देश बाहिर अस्ट्रेलियाको सिड्नि र क्याभेरा, भेतनाम र ब्राजिल कार्यालयहरू रहेको छ ।
    अस्ट्रेलिया, क्यानडा, युके, युएसए, जापान, कोरिया लगायत युरोपका १० भन्दा धेरै देशहरूमा नेपालहरूको उत्कृष्ट गन्तव्य तय गर्दै आईरहेको माइल्स इन्टरनेसनल कन्सन्टेन्सीले उत्कृष्ट गन्तव्यतय गर्दै सयौं आम सर्वसाधारणहरूलाई विभिन्न देशमा उज्यालो भविष्य देखाईरहेको छ ।  आयल्स, पिटीई र जापानीज विषयहरू अहिले कन्सन्टेन्सी फोकस गरिरहेको छ ।

    विशेषगरी आज हामी यसै विषयमा केन्द्रित रहेर पछिल्लो समय अस्ट्रेलियाको चौतर्फ चर्चा भईरहदाँ के कसरी यहाँ जाने ? के छ प्रक्रिया ? कति खर्च लाग्छ ? कुन भिसामा जाने ? कहाँ बस्ने खाने ? लगायतका विभिन्न विषयहरू समेटेर माइल्स इन्टरनेसनल कन्सल्टेन्सीका कार्यकारी निर्देशक रविन पराजुली सँग सुजन तिमल्सिना र रजिश श्रेष्ठले गर्नुभएको कुराकानी प्रस्तुत छौँ ।पछिल्लो समय अस्ट्रेलिया जान के कस्ता छन् झन्झटहरू ?

    अहिले अष्ट्रेलिया जान पहिला भन्दा केही हदसम्म गाह्रो भएको होकी भन्ने जनमानसमा परेको छ । विशेषगरी, आर्थिक अवस्था राम्रो रहेको, शैक्षिक क्षेत्रको डकुमेन्ट र बजारमा चलेकाहल्लाहरूले यहाँ जान गाह्रो अवस्था सिर्जना भएको हो । यदि डकुमेन्ट राम्रो भएका अस्ट्रेलिया जान आवश्यक प्रक्रिया पुरा गरेमा त्यति धेरै गाह्रो भने छैन । आयल्स र पिटिई गरेर राम्रो अंक सहित अस्ट्रेलिया जान सकिन्छ । फाइनासियल रूपमा आम्दानीको स्रोत बलियो  र एक वर्ष अगाडिदेखि नै बैंक खातालाई राम्रोसँग मेन्टेनेन्स गरेर अगाडि बढ्नाले समस्या छैन । अस्ट्रेलियाले तोकेको निश्चित घेरा भित्र रहदाँ राम्रोसँग भिसा आइरहेको छ ।
    पढ्नका लागि शैक्षिक क्षेत्रमा कति अंक ल्याउदा राम्रो देखिन्छ ?
    राम्रो शैक्षिक ब्याकग्राउन्ड भएको, २.९/३ भन्दा राम्रो अंक ल्याएका ब्याचलर र मास्टर्सको लागि ६० प्रतिशतभन्दा बढी अंक ल्याउन आवश्यक देखिन्छ । पढनका लागि विभिन्न सुविधाहरू उपलब्ध गराईरहेको छ ।
    नेपालीहरूलाई कुन क्याटगोरिमा अस्ट्रेलियाले जान्दछ ?

    विशेषगरीर, अस्ट्रेलियामा काम गर्न जाने भन्दा पनि पढ्नका लागि जानेहरू धेरै संख्यामा रहेका छन् । अस्ट्रेलियाले अहिले राम्रोसँग यहाँ आएर पढ्नका लागि राम्रो बातावरण उपलब्ध गराउँदै आईरहेको छ ।
    अहिले अस्ट्रेलिया जानको लागि कहिलेको इन्टेक लिन सकिन्छ?
    अहिलेको नेक्स इन्टेक भनेको २०२५ फेब्रुअरी/मार्च इन्टेक हो । अहिले २०२४ मा १२ कक्षा पास गरेर बसिरहेका विद्यार्थीहरूले अहिले अप्लाई गर्दा २०२५ को फेब्रुअरी/मार्च  र जुलाई इन्टेक हुनेगरी गर्नुपर्ने देखिन्छ भने ब्याचलर र मास्टर्स पास आउटहरूलाई ग्यापले  खासै समस्या रहँदैन ।
     डिपेन्डेन्टमा लान पाइन्छ कि पाइदैन ?

    अहिले आफु पढ्नका लागि अस्ट्रेलिया जानेहरूले डिपेन्डेन्टमा पनि लान पाउँछन् ।त्यसो त अस्ट्रेलियामा गएर मास्टर्स पढ्न चाहानेहरूले डिपेन्डेन्टमा लान पाउने अवस्था रहेको छ । मास्टर्स वा सो भन्दा माथिको तहमा पढ्न चाहाने ब्यक्तिहरूले भने प्रक्रिया पुरा गरेर डिपेन्डेन्टमा लान पाउछन् । मास्टर्सभन्दा तल्लो तहमा पढ्न जाने विद्यार्थीहरूले अस्ट्रेलिया गएर एक सेमेस्टर पढिसकेपछि र नेपालको कानुन अनुसार २० वर्ष उमेर पुग्न जरुरी रहेको छ ।
    विद्यार्थीहरूलाई पढ्दै काम गर्न कस्तो छ अस्ट्रेलियामा अवस्था ?
    विद्यार्थीहरूलाई अस्ट्रेलियाले राम्रो सुविधा दिएको छ । प्रत्येक हप्तामा २४ घण्टा काम गर्न पाउने अवस्था रहेको छ । केही नियम फरक रहेपनि विद्यार्थीहरूले आफ्नो समय अनुसार मिलाएर काम गर्न दिएको छ । सेमेस्टर विदाको दिन विद्यार्थीहरूलाई पुरा समय काम गर्न दिने गरेको छ ।
    अस्ट्रेलिया पलायन हुनेहरूको लागि के छ अवस्था ?

    अहिले त्यहाँ बस्न जानेहरूका लागि भने अस्ट्रेलियाले अस्थायी बसोबासका लागि राम्रो सेवा सुविधा दिएको छ । आफुले पढेको विषयमा राम्रोसँग दक्षता हासिल गरेर त्यसै अनुरूपको काम विद्यार्थीले पाएमा स्थायी बसोबासको लागि पनि बाटो खुल्नेछ ।
    बिरामी भएमा अस्ट्रेलियामा के छ अवस्था ?
    भिजा अप्लाई गर्दा नै (ओ. एस. एच. सी) गरेको हुन्छ । इन्स्योरेन्सले गरेकोले नै कभर गर्छ । कुनै कारणवश दुर्घटना भएमा वा केही भएमा त्यसैले कभर गर्छ । हेल्थ कभरका लागि अन्तराष्ट्रिय विद्यार्थीहरूलाई लागि दिएको राम्रो सुविधा हो ।
    त्यहाँ बस्नका लागि (पिआर) का लागि के छ प्रक्रिया ?  

    पिआरको लागि समयवधी हुदैन । तीन वर्षको ब्याचलर सकेर दुई वर्षको (पि.एस.डब्लू) पढ्दा पढ्दै आफ्नो विषय अनुसारको काम पायो भने पि आरको बाटो खुल्दछ । तर,  आफुले पढेको विषय अनुसारको काम पाइएन भने अस्ट्रेलिया बस्न पिआर पाउन निकै गाह्रो छ  ।
    रिफन्डको के छ अवस्था ?
    भिसा त सबैको नै लाग्छ भन्ने हुदैन । यदि केही गरेर अप्लाई गरेपछि भिसा लागेन भने, अस्ट्रेलियाको शैक्षिक संस्थाले  थोरै रकम काट्छ र बाकी पैसा बैंक खातामा नै फिर्ता गर्दिन्छ । उनिहरूले हामीले निवेदन दिएको २८ दिनभित्र रिफन्ड गरिदिन्छ ।
    कति लाग्छ युनिभर्सिटी अनुसारको पैसा ?
    अस्ट्रेलियाको युनिभर्सिटी अनुसारको पैसा फरकफरक रहेको छ । विशेषगरी २०/२२ लाखदेखि ३० लाख भित्रको रकमा अस्ट्रेलियामा पढ्न सकिन्छ ।
    केही गरेर युनिभर्सिटी बन्द भएमा वा विद्यार्थीले पढ्न चाहेको विषय पढ्न नपाएमा पैसा के हुन्छ ?
     
    यस्तो अवस्थामा कुनै कारणले विश्वविद्यालय बन्द भएमा त्यहाँको सरकारले समयवधि दिएर अर्को नयाँ युनिभर्सिटीमा पढ्नको लागि ब्यवस्था मिलाइदिन्छ । त्यहाँको सरकारले (ईएसओ इसएक्ट २०००) भन्ने्‌ने कानुन अनुसार यो कुराको सुनिश्चित पाउने गर्छन् । यहीँ कारणले विद्यार्थीहरूले आफ्नो पैसा फस्यो भन्ने वातावरण यहाँ सिर्जना हुने छैन ।
    १८ वर्षभन्दा कम उमेरका विद्यार्थीको लागि कस्तो छ अवस्था ?
    आफु अस्ट्रेलिया जानका लागि युनिभर्सिटीको रूममा बस्ने कि आफन्तकोमा बस्न पनि पाउने अवस्था छ । विद्यार्थी १८ बर्ष भन्दा एप्प्रुभ होमिस्टेमा त्यहीँ बस्नुपर्ने हुन्छ र पछि आफुलाई इच्छा भएको ठाउँमा बस्न पाइन्छ ।
    हालको अवस्था कस्तो छ ?
    जुनसुकै अवस्थामा पनि विद्यार्थीहरूका लागि अस्ट्रेलिया उत्कृष्ट गन्तव्यका रूपमा विकसित हुदैँ गईरहेको छ । अहिले विद्यार्थीहरूका लागि आर्थिक रूपमा बलियो भएको देखिदैन भने एक वर्ष अगाडिदेखि नै बैंक अकाउन्ट् राम्रोसँग बलियो बनाउँदै जादा राम्रो हुन्छ र कन्सल्टेन्सीका परामर्श दाताहरू सँग राम्रो बुझ्नु आवश्यक हुन्छ । किनभने, समय समयमा यहाँका नियमहरू परिवर्तन भईरहेको हुन्छ ।

    बजारमा हल्ला भए अनुसार डिपेन्डेन्ट लान नपाईने हल्ला एकातिर छ भने  मास्टर्समा पनि डिपेनडेन्ट लान पाइदैन भन्ने कुरा पनि छ नि ?
    अस्ट्रेलियान हाइकमिशनले कतैपनि डिपेन्डेन्ट लान पाइदैन भनेको अवस्था छैन । तर, युनिभर्सिटी अनुसार फरक फरक नियमहरू रहेको छ । कुनैले विद्यार्थीको र डिपेन्डेन्टमा जाने ब्यक्तिको पढाई उतिउति हुनुपर्छ भनेको छ भने, कुने युनिभर्सिटीले अल्लि कढा गरेको हो । कुनैले विवाहित केश नलिनेर, २५ बर्ष माथिका विद्यार्थीलाई मास्टर्समा नलिने भन्ने कुरा पनि रहेको छ । यो भन्दाभन्दै पनि (जिएस रिक्वारमेन्ट )ले गर्दा आफ्नो असिस्टमेन्ट लेवल बचाउन कढा नियम लिएको हो ।  डिपेन्डेन्टमा लानै नपाइने भने होइन, आफ्नो युनिभर्सिटीको चेकलिस्ट मान्ने हो भने लान पाइन्छ ।
    काम आफुले गर्नुपर्ने हो कि युनिभर्सिटीले काम खोजिदिने हो ?
    काम आफैंले खोज्ने हो र विद्यार्थी भिसाको नियम अनुसार काम गर्ने हो । युनिभर्सिटीले काम खोजेर लगाइदिने होइन ।
    अस्ट्रेलियाको भिजा शुल्क कति छ ?

    यो विश्वकै सबैभन्दा धेरै भिसा शुल्क हो हुन केही महिना अगाडि सात सय डलर  थियो भने अहिले ह्वात्तै बढेर सोह्र सय डलर पुगेको छ ।
    नयाँ विद्यार्थीहरूले अस्ट्रेलिया जान के के गर्नुपर्छ त ?
    सबैभन्दा पहिला आफ्नो शैक्षिक स्तर बढाउन आवश्यक रहेको छ । त्यसपछि आयल्स, पिटिईमा राम्रो नम्बर ल्याउन आवश्यक छ । आम्दानीको स्रोतलाई बलियो बनाउँन आवश्यक रहेको छ । त्यस्तै, बैंक स्टेटमेन्टलाई एकदमै बलियो बनाउन बैंकिक कारोबार गर्न आवश्यक रहेको छ र करको कागजपत्र सरकारदलाई बझाउनु पर्छ । यसले गर्दा अस्ट्रेलियाको भिसाको लागि केही समस्या आउने छैन ।  थप केहि आवश्यकता भएमा माइल्स इन्टरनेसनल कन्सल्टेन्सी आएर बुझ्न सकिन्छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु