२०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025

मर्सिकोर नेपालले दिए पाँचखालका पीडितलाई ४० लाख, वाडि पीडितहरूले स्थानीय सरकार नभएको महसुस गरे —उपप्रमुख 


३४५९ पाठक संख्या
  • २०८१ माघ ७, सोमबार मा प्रकाशित १ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरमा गत असोज महिनाको पहिलो साता आएको अविरल बर्सातको कारण विपदमा परेकाहरूका लागि मर्सिकोर नेपाल नामक संस्थाले ४० लाख उपलब्ध गराएको छ ।

    शान्ति जन आदर्श सेवा केन्द्रको आयोजना तथा मर्सिकोर नेपालको आर्थिक सहयोगमा पाँचखाल नगरपालिकाको सभाहलमा आज (सोमवार) सम्पन्न सहारा परियोजनाको समापन कार्यक्रममा परियोजनाको प्रतिकार्य संयोजक बिराज पोखरेलले जानकारी गराउनु भएको हो ।

    संयोजक पोखरेलका अनुसार पाँच जना सम्मको परिवारमा पूर्ण क्षति भएका ८५ घरपरिवारका लागि १५ हजारका दरले नगद उपलब्ध गराइएको थियो भने पूर्ण क्षति भएका तर ५ जना भन्दा बडी घरपरिवार रहेका ४२ घरधुरीका लागि प्रति घरधुरी २० हजारका दरले उपलब्ध गराइएको छ । त्यसैगरी आंशिक क्षति भएका ६९ घरपरिवारका लागि प्रतिघर १५ हजार र ४८ गोठ क्षति भएकाहरूका लागि १५ हजारको दरले नगद उपलब्ध गराइएको छ । त्यसैगरी २६ घरपरिवारको लागि पाँच हजारका दरले पोषण सामाग्री उपलब्ध गराइएको छ । अविरल बर्षातका कारण पीडित भई पीडामा परेकाहरूका लागि व्यक्तिगत र आवश्यकता अनुसार सामूहिक मनोपरामर्शको समेत व्यवस्था गरिएको छ ।

    कार्यक्रम समापनको क्रममा प्रमुख अतिथि पाँचखाल नगरका उपप्रमुख सुर्य माया दनुवारले असोजको पहिलो सातामा आएको अविरल बर्षातले गर्दा ०७२ को भूकम्पले भन्दा बडी क्षति भयो । नगरमा आन्तरिक आर्थिक स्रोत कम भएकोले तत्काल आर्थिक सहयोग गर्न नसक्दा वाडि पीडितहरूले स्थानीय सरकार नभएको महसुस गरे । यस्तो अवस्थामा पाँचखालमा मर्सिकोर नेपाल नामक संस्थाको उदय भई पीडितहरूलाई नगद प्रदान गर्दा हामिलाई राहत मिलेको बताउनु भयो । उहाले थप्नुभयो —“तत्काल आर्थिक सहयोग गर्न आवश्यक महसुस गरेउ तर नगरको ढुकुटीमा पैसो नभएकोले हामी जनप्रतिनिधिले सोचेको सोच पुरा गर्न नसक्दा दाताहरूको खोजी गर्न विवश भएका हौं ।” बाडीले गर्दा पाँचखालको कृषकको प्रमुख खाद्यान्न बाली धेरै नोक्सान भएको छ‚ जुन विषयमा सरकारले राहतको लागि खासै नीति बनाएको छैन । किसनको समस्याको विषयमा दातृसंस्थाले चाहना राखे नगरपालिकाले सहकार्य गर्न तयार छौँ । उपप्रमुख दनुवारले भन्नुभयो ।

    समापन कार्यक्रमका विशेष अतिथि पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत राज रेग्मीले वाडि पिडितहरुको अस्थाई बसोवास निर्माणको लागि मर्सिकोर नामक संस्थाको आर्थिक सहयोग तथा शान्ति जन आदर्श सेवा केन्द्र प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो —विपदको बेलामा सघाउनु महत्वपूर्ण कुरा हो ‚ पीडित जनताहरूको चहर्‍याइ रहेको घाउमा महलम पट्टि लगाउने काम गर्नुभएकोमा सिङ्गो नगरको टिमको तफर्बाट धन्यवाद व्यक्त गर्दछौँ ।

    समापन कार्यक्रममा मर्सिकोर नेपाल नामक संस्थाका कन्ट्रि डाइरेक्टर सुरज सिग्देलले भन्नुभयो—हामि एनजिओ आइएन्जिओ भनने सेक्टर चाहि आशाको किरण देखाउने मात्रै हो । हामिसंग सरकारले जस्तो धेरै ठुलो आर्थिक सहयोग गर्ने क्षमता हुँदैन । धेरै गारो भएका ठाउमा थोरै भएपनि सहयोग गर्नको लागि पुग्छौ । सोही कार्यको लागि पाँचखाल नगरपालिकाले वातावरण बनाइदिनु भयो । पीडितहरूमा सकारात्मक धारणा रहेको पायौँ ‚ हामिले दिएको सानो सहायताले खासै केही हुदैन तर पीडितहरूमा आशा जगाउने कार्य गरेउ । पीडितहरूको मन मस्तिष्कमा अप्ठ्यारो पर्दा हामीलाई साथ सहयोग गर्ने संस्थाहरू छन् भन्ने आभास गराउन सफल भएका छौँ । असोजको पहिलो सातामा अविरल बर्षातले भवितव्य होला भन्ने थिएन तर भयो जसका कारण धेरै स्थानहरू कमजोर भएको र सामान्य कारणले पनि पुन क्षति हुन सक्ने अवस्थामा रहेकोले सो जटिल समस्यालाई समाधानको लागि जुट्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    कार्यक्रमका सभापति शान्ति जन आदर्श सेवा केन्द्रका उपाध्यक्ष ईश्वरी ओझाले पीडितको पीडामा सके सम्म छिटो सहयोग गर्ने उद्देश्यका साथ अगाडि बढ्दा ४५ दिनमा सम्पन्न गर्ने लक्ष लिएर अगाडि बढेको काम ३३ दिनमा सकियो । शान्ति जन आदर्श केन्द्रमा काभ्रेका १३ वटै पालिकाबाट पीडितहरूको सहयोगको लागि निवेदनको चाङ लागेको छ । हामिले सहयोग गर्ने कार्यमा प्रयासरत छौं । मर्सिकोर नामक संस्था निरन्तर अगाडि बढ्छ हामी पूर्ण रुपमा साथ दिन तयार रहेको बताउनु भयो ।

    पाँचखाल नगरपालिका विपद व्यवस्थापन शाखाका प्रमुख गणेश प्रसाद खरेल द्वारा सञ्चालित उक्त समापन कार्यक्रममा पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी ‚ शान्ति लक्ष्मी श्रेष्ठ लगायतका वक्ताहरूले विपदमा परेहरुको दिर्घकालिन व्यवस्थापनको लागि आ—आफ्नो धारणा राख्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु