२०८१ माघ २३, बुधबार | Wed, 05, Feb, 2025

ईश्वरको निन्दा गरेको आरोपमा चार जनालाई मृत्युदण्ड


१६३९ पाठक संख्या
  • २०८१ माघ २१, सोमबार मा प्रकाशित १ दिन अघि
  • काठमाडौँ– पाकिस्तानमा अनलाइनमा ईश्वरको निन्दा गर्ने सामग्री प्रकाशन गरेको आरोपमा दोषी ठहर भएका चार जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको रावलपिण्डीमा रहेको अदालतले चार जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

    पाकिस्तानको ईशनिन्दा कानुनी आयोगले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको पुष्टि गरेको छ । आरोपीहरूले अनलाइनमा ईश्वरको निन्दा गर्ने सामग्री प्रकाशन गरेको ठहर गर्दै अदालतले उनीहरूलाई यस्तो सजाय सुनाएको आयोगका कानुन व्यवसायी राओ अब्दुर रहिमले जनाएका छन् ।

    आरोपीहरूले उक्त सजायविरुद्ध पुनरावेदन गर्ने सम्भावना रहेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । पछिल्लो समय ईश्वरको निन्दा गरेको आरोपमा दोषी ठहर भएका धेरै जनालाई मृत्युदण्डको सजाय सुनाइएको भएपनि पुनरावेदन गरेको खण्डमा उक्त सजाय घटाएर आजीवन कारावासमा रूपान्तरण हुने गरेको छ ।

    पाकिस्तानमा ईश्वर निन्दाको कानुन निकै कठोर मानिन्छ । पाकिस्तानको मानव अधिकार आयोगका अनुसार हाल ७ सय ६७ जना मानिसहरू ईश्वरको निन्दा गरेको आरोपमा जेलमा छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार