२०८१ माघ २३, बुधबार | Wed, 05, Feb, 2025

पाँचखालमा सुरु भयो मेयरकप‚ तीन सय ३४ जना खेलाडी सहभागि


३७४५ पाठक संख्या
  • २०८१ माघ २३, बुधबार मा प्रकाशित ५ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा नगरस्तरीय तेस्रो मेयरकप रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता उद्‌घाटन भएको छ ।

    प्रतियोगितामा पाँचखालमा रहेका सामुदायिक तथा संस्थागत २० विद्यालयबाट विद्यार्थीहरूको सहभागिता रहेको थियो । खेल उद्‌घाटन हुनुभन्दा अगाडि सहभागि विद्यार्थीहरूले पाँचखाल नगरका मेयर महेश खरेललाई साथमा राखेर विभिन्न झाँकी सहितको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

    बजार परिक्रमा पश्चात पाँचखाल स्थित खेल मैदानमा पाँचखाल नगरका मेयर महेश खरेलले सो खेलकुद कार्यक्रमको उद्‌घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्‌घाटन पश्चात विद्यार्थीहरूले मार्चपास गर्दै आ—आफ्नो कला प्रदर्शन गरेका थिए । मार्चपास अवलोकनको लागि पाँचखाल नगरका मेयर महेश खरेलको साथमा वडा अध्यक्षहरू ‚ कर्मचारीहरू ‚ सुरक्षा निकाय‚ सञ्चारकर्मीहरू ‚ विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।

    लगातार तीन दिन सम्म चल्ने उक्त खेलकुद कार्यक्रमको लागि पाँचखाल नगरपालिकाले सात लाख बजेटको व्यवस्था गरेको जानकारी प्राप्त भएको छ । २० विद्यालयबाट विभिन्न १५ विधाको खेलको लागि छात्रा र छात्र गरी ३३४ जना खेलाडी सहभागि हुनेभएका छन् ।

    पाँचखाल नगरपालिकाका प्रवक्ता एवं खेल कार्यक्रमका संयोजक संजय तामाङको सभापतित्वमा सम्पन्न उद्‌घाटन कार्यक्रममा पाँचखाल शिक्षा शाखाका प्रमुख उदय प्रसाद कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो भने नवप्रतिभा माध्यमिक विद्यालयका प्रिन्सिपल सरोज न्यौपानेले कार्यक्रम सञ्चालक गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु