२०८१ फागुन २८, बुधबार | Wed, 12, Mar, 2025

समाजवादी आन्दोलनको लागि सञ्चार क्षेत्रले साथ दिनुपर्छ —सांसद चौलागाईँ


३३२९ पाठक संख्या
  • २०८१ माघ २७, आईतबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । नेकपा माओवादी (केन्द्र) को केन्द्रिय सदस्य एवं बागमती प्रदेश सांसद रुकु चौलागाइँले पछिल्लो समयमा सूचनाको क्षेत्र थप फराकिलो हुँदै पत्रकारहरूको धेरै स्वरूपहरू केन्द्रित हुँदै अगाडि बढेको बताउनुभयो ।

    प्रेस सेन्टर नेपाल काभ्रे शाखाको शनिवार सम्पन्न नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापना कार्यक्रमको उद्‌घाटन गर्दै सांसद चौलागाइँले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि चौलागाइँले थप्नुभयो—सञ्चार माध्यमले मुलुकमा राजनीतिक परिवर्तन वा सामाजिक सांस्कृतिक रूपान्तरण र परिवर्तनको लागि साथै सुशासन र समृद्धिको लागि राज्यको चौथो अङ्ग भएको हिसाबले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । विगतमा नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनहरूमा पनि पत्रकारहरूको ठुलो भूमिका थियो र छ । अव मुलुकमा समाजवादी आन्दोलनको परिकल्पना गरेका छौँ‚ मुलुकमा सुशासन र समृद्ध कायम गर्नको लागि ठुलो आन्दोलन लड्नुपर्ने छ जुन कार्यको लागि पत्रकारहरूको ठुलो भूमिका रहन्छ ।

    कुन राजनीतिक दलले मुलुकको हितको लागि राजनीति मुद्धा बोकेको छ त्यसको पक्षमा सञ्चारकर्मीहरुले खुलेर बहस गर्नुपर्ने हुन्छ । विशेष गरेर प्रेस सेन्टरसंग सम्बन्धित पत्रकारहरुले समाजवादी आन्दोलनको मर्मलाई थप गहिराइका साथ बुझ्नेमा आफू विश्वस्थ रहेको बताउँदै प्रमुख अतिथि चौलागाइँले प्रेस सेन्टर काभ्रे थप उचाइको लागि शुभकामना व्यक्त गर्नुभयो । मुलुकमा समाजवादी व्यवस्था ल्याउनका निम्ति प्रेस सेन्टर नेपालले आत्मसाथ गर्नेमा आफू विश्वस्त बताउनु भयो ।
    निर्वाचन मण्डलका संयोजक इस्वरी राज कुमार मैनालीको सभापतित्वमा सम्पन्न पदस्थापना कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पूर्व सिङ्घिया सांसद गङ्गाबहादुर दोङ ‚ प्रेस सेन्टर नेपालको केन्द्रिय उपाध्यक्ष एवं सङ्गठनको बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का‚ नेकपा माओवादी काभ्रे जिल्ला सचिव देवलाल घिसिङ ‚ नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष विनोद न्यौपाने ‚ प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी ‚ पे्रस चौतारी नेपाल काभ्रे अध्यक्ष केदार तिमल्सिना‚ फोटो पत्रकार महासङ्घ अध्यक्ष केशव राज पौडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    निर्वाचन मण्डलका सदस्य प्रल्हाद शर्मा हुमागाईबाट सञ्चालित उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष रामप्रसाद ढकाल (आर.डि ) ले संगठनको हितको लागि निरन्तर रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । पदभार कार्यक्रम सम्पन्न पश्चात प्रेस सेन्टर नेपाल काभ्रे शाखाको कार्यालय उद्‌घाटन भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला संयोजक भोला प्रसाद अर्याल‚ खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र ब थिङ (छिन्ताङ)‚ तेमाल गाउँपालिका उपाध्यक्ष डिएम लामा‚ बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना ‚ प्रेस सेन्टर नेपालका केन्द्रिय सह कोषाध्यक्ष बुद्ध लोप्चान‚ केन्द्रिय सदस्य पेमा लामा संघर्ष लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    प्रेस सेन्टर नेपालको पाँचौ अधिवेशनबाट निर्विरोध निर्वाचित हुनेहरुमा अध्यक्ष रामप्रसाद  ढकाल ‚ उपाध्यक्ष सुरज श्रेष्ठ ‚महिला उपाध्यक्ष मायालु लामा‚ सचिब:हरिहर घिमिरे ‚ सह सचिब प्रसान्त बन्जरा ‚ समाबेसी सहसचिव बिजय जिम्बा ‚ कोषाध्यक्ष मोतिलाल मोक्तान ‚सदस्य सन्तोष बजगाइ ‚सदस्य जीवन घिसिङ रहनु भएको छ ।
    त्यसैगरी प्रदेश प्रतिनिधिमा अञ्जली तामाङ ‚रोजन तामाङ ‚नवराज अधिकारी ‚जीवन खड्की र गङ्गा दोङ र केन्द्रिय प्रतिनिधिहरुमा रामकृष्ण बन्जारा ‚ राज्य लक्ष्मी श्रेष्ठ ‚ वसन्त कुमार श्रेष्ठ र कुमार गौतम रहनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार