२०८१ फागुन २८, बुधबार | Wed, 12, Mar, 2025

आज माघ २९ गते मंगलबारको राशिफल


२८०९ पाठक संख्या
  • २०८१ माघ २९, मंगलबार मा प्रकाशित ४ हफ्ता अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन राम्रो छ। भएको सम्पत्ति सदुपयोग गर्नुपर्नेछ। साथीभाइसँग सहकार्य गरेर अगाडि बढ्दा फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। मिहिनेतलाई निरन्तरता दिनु राम्रो हुन्छ। विपक्षी साथीबाट सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमुधर बन्नेछ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    धनलक्ष्मी योग परेको छ। लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा हुनेछ। विपक्षी साथीबाट साथ मिल्नेछ। काम गर्दा सचेत भएर गर्नुपर्ने दिन छ। झुक्याएर सफलता मिल्ने भनेर नसोच्नु उचित हुनेछ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    उदयमान चन्द्रमा भएकाले तपाईंको कला र गलाको प्रशंसा हुनेछ। परिवारको साथ मिल्नेछ। रोगबाट बच्न खानपानमा ख्याल गर्नुपर्नेछ। नियमित औषधी प्रयोग नगरे समस्या बढ्नेछ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    सञ्चित धन खर्च हुनेछ। अनावश्यक क्षेत्रको खर्चबाट जोगिनु पर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने योग परेको छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आम्दानीका दृष्टिले दिन राम्रो छ। शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा सफलता मिल्नेछ। साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। बौद्धिक क्षेत्रका साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुँदा मनमा खुशी मिल्नेछ। परिवारसँग घुमघामको तय हुनेछ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन राम्रो छ। विद्याका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। खुट्टा तान्ने साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। आक्रोश सार्वजनिक गर्नुभन्दा समस्याको समाधान गर्नु उचित हुनेछ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    दिन सामान्य राम्रो छ। दैनिक काममा अवरोध हुने भएकाले सचेत बनेर काम गर्नुपर्नेछ। क्षमताको प्रदर्शन गर्नुपर्ने दिन छ। साथीभाइबाट साथ मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमा देखिएका अवसरमा रमाउने योग छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    खर्च बढ्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा निजी तरिकाले गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    शिक्षाका क्षेत्रमा सफलता मिल्नेछ। मध्य साढेसाती दशा चलिरहेकाले थोरै बोलेर जित्नुपर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    तपाईंको कला र गलाको प्रशंसा हुनेछ। मनको कुरा लुकाएर राख्नु भन्दा परिवारसँग साट्नु उचित हुनेछ। परिवारमा संकट पर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। साथीभाइले भने साथ दिनेछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार