काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सञ्चालित काठमाडौँ विश्वविद्यालय काभ्रेपलाञ्चोक जिल्लामा मात्रै नभएर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा समेत नेपालमा गुणस्तरीय शिक्षा हासिलको लागि चर्चित छ ।
धुलिखेलमा काठमाडौँ विश्वविद्यालय स्थापनाको लागि डा. शुरेस राज शर्माको योजनालाई धुलिखेल ‚ बनेपा र पनौतीले ठुलो साथ सहयोग नगरेको हैन । ति तीन नगरपालिकाले केयु सञ्चालनको लागि आवश्यक जग्गाको समेत व्यवस्था गरेका थिए ।
डा. शुरेस राज शर्माको योजना अनुसार स्थानियको साथ र सहयोगले गर्दा काठमाडौँ विश्वविद्यालयमा विद्यार्थीहरू खचाखच भए । देशका विभिन्न स्थानबाट अध्ययनको लागि काभ्रे आउने विद्यार्थीहरूको ठुलै लर्को लाग्यो । खचाखच विद्यार्थीको बिचमा गुणस्तरीय शिक्षा प्रदान गर्न सफल रहँदा स्वदेशबाट मात्रै नभएर विदेशबाट समेत अध्ययनको लागि केयु आउनको सङ्ख्या दिनपरदिन बढ्दै गयो ।
जव काठमाडौँ विश्वविद्यालयले प्रगतिको ठुलो फड्को मार्दै गर्दा संस्थापन कालदेखि उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका डा.शुरेस राज शर्माको कार्यकाल सकियो । केयुका दोस्रो उपकुलपतिको रुपमा डा. रामकण्ठ कोजुले जिम्मेवारी सम्हाल्नु भयो । उहाँले उपकुलपतिको जिम्मेवारी सम्हाल्दै गर्दा सुरुको अवस्था सहजै भएपनि उहाँको कार्यकालको पछिल्लो समयमा डा. शुरेसराज शर्माको कायम गरेको साख क्रमश खस्किदै गयो । कार्यकाल सकिदै गर्दा विद्यार्थीहरूले शैक्षिक गुणस्तर साथै प्रशासनको भूमिकाको बारेमा आवाज नउठाएका हैनन् । तर समस्याहरू सुल्झन सकेन सहज तिर नभएर जटिल तर्फ अगाडि बढ्यो ।
जव केयुमा तेस्रो उपकुलपतिको रुपमा डा.भोला थापाले जिम्मेवारी सम्हाले पछि कोजुको कार्यकालमा देखिएको समस्याहरू समाधानको प्रयास थालियो । केही हदमा समस्या समाधान नभएको हैन तर पूर्ण रुपमा हल हुन सकेन । यसरी विश्वविद्यालयमा देखिएको समस्याहरू समाधान नहुनुमा रजिष्टार अच्युत वाग्लेको दोहोरो भूमिका थियो । रजिष्टार वाग्लेले विश्वविद्यालयको साथै गुणस्तरीय शिक्षाको लागि पहल गर्नुको बदलामा व्यक्तिगत स्वार्थको कार्यहरू नपत्याउँदो ढङ्गबाट शुस्म तरिकाले आफै धामी आफै बोक्सी भन्ने उखानसँग मिल्जो जुल्दो ढङ्गबाट कार्यहरू नगरेका हैनन् । जसको कारण तेस्रो उपकुलपति सफल हुन सकेनन् ।
विगतमा स्वदेश तथा विदेशका विद्यार्थीले काठमाडौँ विश्वविद्यालयको खोजी गर्दथे ‚ के कसरी आफ्ना छोरा छोरीलाई केयूमै अध्ययन गर्ने वातावरण वनाउने भन्नेमा अभिभावक लागि रहन्थे । तर पछिल्लो केहिबर्ष देखि रजिष्टार वाग्लेले विश्वविद्यालयमा खेलेको नकारात्मक भूमिकाले गर्दा विश्वविद्यालयले बत्ति वालेर विद्यार्थी खोज्नुपर्ने अवस्था आएको छ । दिनपरदिन विद्यार्थीको संख्या घट्दा कुनै वासता छैन कुर्सितान्ने तिर तल्लिा छन् केयुमा रहेका जिम्मेवारी पक्षहरु ।
व्यक्तिगत स्वार्थमा निकै मायुर मानिने रजिस्ट्रार वाग्लेले आफ्नो प्राध्यापक पदको सेवा करार नवीकरण गर्दा शक्तिको दुरुपयोग गर्दै मनोमानी ढंगले कार्य गरेको खुल्न आएको छ । चौथो उपकुलपतिको लागि प्रतिस्पर्धा गरिरहनुभएका रजिस्ट्रार वाग्लेले करारमा कार्यरत शिक्षक तथा कर्मचारीको म्याद एक वर्ष थप गर्दै गर्दा आफ्नो प्राध्यापक पदको म्याद भने एकैपटक दुई वर्ष थप गरेका छन् । रजिस्ट्रारले गरेको निर्णयमा अन्य शिक्षक तथा कर्मचारीले खुलेर विरोध नजनायपनि भित्रिरुपमा निकै मडारिएको पाईएको छ । स्रोतका अनुसार गएको असार २३ गते बसेको बैठकले सबै करारका शिक्षक तथा कर्मचारीको पद एक वर्षमात्रै थप्ने निर्णय गरेको थियो । तर‚ वाग्लेले बैठकको माइन्युट लेख्ने क्रममा आफ्नो पद भने दुई वर्ष थप्ने निर्णय गर्न लगाएको जानकारी प्राप्त भएको छ ।
रजिस्तार वाग्लेले उपकुलपति पदमा दाबी गर्नुको प्रमुख कारण अर्को एक कार्यकाल पुन: रजिस्ट्रार पद हत्याउने रणनीतिक योजनामा लागेका छन् । सोहि कारण दुई वर्ष म्याद थप गरेको बुझिन आएको छ । करारमा रहेका वाग्लेले शक्तिको दुरुपयोग गर्दै हालिमुहालि चलाउंदा विश्वविद्यालयको हित चाहनेपक्ष मौन रहनुले विद्यार्थीहरूको भविष्य नै अन्धकार तर्फ धकेलिएको छ ।
प्रतिक्रिया दिनुहोस