२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


२६२७ पाठक संख्या
  • २०८२ बैशाख ६, शनिबार मा प्रकाशित १५ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । हाल देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले मौसममा व्यापक परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था कायम रहेको छ। कोशी र बागमतीका केही स्थानमा अहिले चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशका साथै देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य क्षेत्रका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

    यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।

    आज रातिसमेत कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा कर्णाली प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

    महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा कृषिक्षेत्र, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु