काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ५ मा खोलाले वगाउदा एक महिला वेपत्ता भएकी छिन् ।
हिजो (सोमवार) परेको अविरल बर्षाको कारण उलिएको ढलमले ठाडो खोलाले वगाउंदा स्थानिय रेणुका गिरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।
प्रहरीका अनुसार हिजो (सोमबार) साँझ ६ बजेको समयमा पनौती नगरपालिका वडा नं ५ सुब्बा गाँउ नजिकै रहेको ढलमले ठाडो खोलाले स्थानिय राजेश गिरीको श्रीमती बर्ष ३३ की रेणुका गिरीलाई बारिमा काम गरी घर फर्कने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएको थियो । घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरी,नेपाली सेना,शसस्त्र प्रहरीको टोलि र स्थानिय समेतले खोज तलास कायलाई जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस