२०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

आज बैशाख ३१ बुधवार को राशिफल


१०९४७ पाठक संख्या
  • २०८२ बैशाख ३१, बुधबार मा प्रकाशित १ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    शरीरमा शारीरिक थकानको कमी महसुस हुनेछ। कार्यक्षेत्रमा विवादास्पद् जिम्मेवारी बहन गर्नु पर्ला। स्वास्थ्यको लागि आहारविहारमा सजग रहनुहोस्। विदेशतिर ताक्नेहरूलाई सुभ माचार मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    साझेदारी व्यापारबाट लाभ प्राप्त हुनेछ। कार्यक्षेत्रमा कार्य दोहोर्याउँदा राम्रो परिणाम प्राप्त हुनेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि कुरा अगाडि बढाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। ऋण दिनदेखि बच्नुहोस्। घरपरिवारबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा आलस्य नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    शत्रुहरू परास्त हुनेछन्। हिम्मतले काम लिँदा व्यापार व्यवसायमा राम्रो लाभआर्जन गर्न सक्नुहुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आवेगमा आफूलाई संयमित राख्ने प्रयास गर्नुहोस्। शत्रु र प्रतिस्पर्धीसँग सम्झौता गर्नुपर्ला। चिताएको कार्य सम्पादन हुनेछ। भौतिक संसाधन जुटाउन सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    गुरुजनहरूको सुझाव लाभदायी रहनेछ। रोकिएका कार्यहरू बन्नेछन्। प्रतिष्ठित कार्य गर्ने मौका मिल्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    टाडिएका इष्टमित्रहरू नजिक हुनेछन्। माननीयजनहरूको सुझाव वेवस्था नगर्नुहोस्। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    दाजुभाईमा आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कार्यक्षेत्रको उपलब्धिले समाजमा प्रतिष्ठा बढाउन सक्नुहुनेछ। आत्तिएर निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    वैदेशिक रोजगारमा सफलता मिल्नेछ। धर्म वा आध्यात्मतिर झुकाव बढ्नेछ। नयाँ योजनाहरू प्रारम्भ गर्नको लागि उचित समयको प्रतीक्षा गर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    वैवाहिक जीवनमा जीवनसाथीको कुरालाइ महत्व दिनुहोस्। नोकरी वा पेशामा सानोतिनो बाधाहरू आउनेछन्। युवा वर्गहरूलाई करियर बनाउन राम्रो अवसर प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    व्यापार र उद्योगमा मनग्य लाभ प्राप्त हुनेछ। बुद्धिको उपयोगले महत्त्वकांक्षी कार्यहरू बन्नेछन्। सहयोगिहरूले राम्रो सहयोग दिनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आफ्नो कार्य गर्ने शैलीमा बदलाव ल्याउनुहोस् सफलता मिल्नेछ। आफ्ना समस्याहरू अरूको समक्ष नखोल्नुहोस्। गृहणीहरूको धर्मकर्ममा धन खर्चका योग छन्। आर्थिक उन्नति हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार