२०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

महाभारत गाउँपालिकामा छैन बेरुजु


९०४९ पाठक संख्या
  • २०८२ बैशाख ३१, बुधबार मा प्रकाशित १ साल अघि
  • ३१ वैशाख, काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको छ ।

    महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको हो ।

    प्रतिवेदन अनुसार गाउँपालिकामा १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा शून्य बेरुजु देखिएको हो ।

    गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार अघिल्लो वर्ष पनि पालिकाको बेरुजु शून्य थियो । जिम्बाले देशभरिमै आफ्नो गाउँपालिका एक मात्र शून्य बेरुजु भएको पालिका भएको दाबी गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार