२०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

आज जेठ ४ आइतवार को राशिफल


१०४०१ पाठक संख्या
  • २०८२ जेष्ठ ४, आईतबार मा प्रकाशित १ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    कार्यक्षेत्रमा इच्छाशक्तिको कमीले कार्यमा बाधा आउनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। प्रयास गर्दा विवादित कार्यहरू सुल्झिनेछन्। कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन् जस्ले गर्दा हजुरको पदोन्नतिमा सहायक हुनेछ। प्रेम सम्बन्धमा प्रेमीसँग भ्रमणका योग छन्। रोकिएको पैसा लिने समय रहेको छ। विद्यार्थी वर्गहरूले समयको सदुपयोग गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आजको दिन अनुकूल रहनेछ। फिजुल खर्चदेखि बच्नुहोस्। स्वास्थ्यमा सुधारका योग छन्। भविष्यलाई लिएर रूपरेखा कोरिनेछ। कार्यक्षेत्रमा जुनियरको सहयोग लिनुपर्ला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिएला। दाम्पत्य जीवन सुमधुर रहनेछ। कार्य समयमा सम्पन्न हुनाले आत्मविश्वासमा वृद्धि हुनेछ। युवा वर्गहरूलाई प्रेमीबाट उपहार मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    नकारात्मक कुराहरूबाट टाढा रहनुहोस्। पुरानो कुरालाई लिएर जीवनसाथीसँग मनमुटावका योग छन्। बुद्धिको उपयोगले अप्ठ्यारो कार्यलाई पनि सजिलै सम्पादन गर्न सक्नुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    परिश्रमीहरूका लागि समय निकै उत्साहजनक रहेको छ। कार्यक्षेत्रमा मेहनतले कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। धेरै बोल्ने बानीले समस्या निम्त्याउन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    रचनात्मक कार्यहरूमा सफलता मिल्नेछ। आवश्यक पर्दा इष्टमित्रहरूको सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। परिवारमा रुखो व्यवहारले अशान्तिको सिर्जना हुन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। गोपनीय सूचनाहरूमा विशेष ध्यान पुर्‍याउनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    महत्त्वपूर्ण निर्णयहरूमा परिवारको सल्लाह अवश्य लिनुहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। प्रतिस्पर्धीहरूले हार खानेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    भौतिक संसाधनबाट दिगो कार्य प्रारम्भ हुनेछ। स्वाभिमान बचाउनको लागि संघर्ष गर्नुपर्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। बोलिको भरमा चिताएको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। प्रशासनबाट सहयोग मिल्नेछ। रोकिएका कार्य प्रारम्भ हुनेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    स्वादिष्ट भोजनको आनन्द लिने अवसर रहेको छ। लगनशीलताले कार्यक्षेत्रमा कार्य अगाडि बढ्नेछ्। नयाँ कार्यको जग बसाउन सकिनेछ। विद्यार्थीहरूलाई शिक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार