२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

आज जेठ १९ सोमवार को राशिफल


९७५१ पाठक संख्या
  • २०८२ जेष्ठ १९, सोमबार मा प्रकाशित १ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    भविष्यलाई लिएर अनावश्यक चिन्ता रहनेछ। महत्त्वपूर्ण कार्यहरूमा सफलता निल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। छात्रहरूको पढाइमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आज सामाजिक कार्यतर्फ मन जानेछ। दाम्पत्य जीवनमा वादविवादको सम्भावना रहेको छ समझदारीले निर्णय लिनुहोला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    नोकरी वा पेशामा सोचेजस्तो सफलता मिल्नेछ। अविवाहित हुनुहुन्छ भने घरमा विवाहको कुरोकानी चल्नेछ। इंजीनियरिंग छात्रहरुलाई सफलतादायक दिन रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    रोकिएका कार्यहरु प्रारम्भ हुनेछन्। सामाजिक सञ्जालमा बोल्दा ध्यान दिनुपर्ने हुन्छ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक पक्ष सबल हुनुका साथै खर्चमा पनि वृद्धि रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    नोकरी वा पेशामा अतिरिक्त जिम्मेवारी मिल्नेछ। वाहन किन्दा पिताको सहयोग मिल्न सक्छ। व्यापार व्यवसायमा नयाँ निवेशहरू बढ्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    कार्यक्षेत्रमा आत्मविश्वास र उत्साहमा कमी आउनेछ। अज्ञात भयले मन अशान्त रहन सक्छ। वैदेशिक रोजगारबाट शुभ सूचना मिल्नेछ। वाहन चलाउँदा सावधान रहनुहोस्। व्यापार व्यवसायमा थप लगानीको लागि समय अनुकूल छैन। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    कार्यक्षेत्रमा मान प्रतिष्ठा बढ्नेछ। आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारको सल्लाह लिनुहोस। दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा विवाद सुल्झिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    पुरानो लगानीबाट लाभ मिल्नेछ। आय र ब्यय को बीच सन्तुलन बनाएर राख्नुहोस्। राजनीतिक क्षेत्रमा जनताको समर्थन मिल्नेछ। पिताको स्वास्थ्यमा सुधार रहनेछ। कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    व्यापार व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। चिताएको काम सम्पादन हुनेछ। धर्मकर्मतर्फ मन जानेछ। घर परिवारमा आफन्तहरुसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई पछाडि पार्न सक्नुहुनेछ। शत्रुहरू परास्त हुनेछन् भने रोगबाट मुक्ति पनि मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लग्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    व्यापारमा विस्तारको लागि नयाँ योजनालाई आकार दिन सक्नुहुनेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    कुनै शुभ समाचारले नयाँ कार्य गर्ने हौसला जगाउनेछ। वित्तीय वा सहकारी कार्यहरूमा सफलता हात लाग्नेछ। समयमा सही निर्णय लिन नसक्दा पछि परिनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार