२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

चौरीदेउरालीको कृषकहरुलाई आधुनिक कृषि औजार


६७८७ पाठक संख्या
  • २०८२ जेष्ठ १९, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँ पालिकामा गाउँ पालिकाका कृषकहरुलाई आधुनिक कृषि औजारहरु वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    गाउँ पालिकाको अध्यक्ष रेणुका चौलागाईंको प्रत्यक्ष पहल कदमीमा र प्रमुख प्रशासकीय अधिकृत माहनदास लामाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । गाउँ पालिकाको ५०% अनुदानबाट २९ लाख ५० हजार र किसानहरुको ५० % लागत सहभागीमा २९ लाख ५० हजार गरि जाममा ५९ लाख बजेटमा आधुनिक कृषि औजार सामाग्रीहरु खरिद गरि वितरण गरेको थियो ।

    जसमा मिनिटिलर –९० वटा, कुटानी मिसानी मिल ६९ वटा, मकै छोडाउने मेसिन –२७ वटा , इलेक्ट्रोनिक स्प्रेयर –६० वट, पिसानी मिल –३ वटा, ट्याक्टर – १ वटा, र बाँदर धपाउने यन्त्र –५ वाट औजारहरु विभिन्न वडाका किसानहरुलाई वितरण गरिएको थियो । आधुनिक कृषि औजार प्राप्त गरेपछि गाउँ पालिकाको कृषकहरु खुशी भएका छन् । उनीहरू आधुनिक ढंगले खेतीपाती गरेर कृषि उत्पादन बढाउन सकिन्छ भनेर विश्वस्त भएका छन् ।

    यस कार्यले कृषकहरु खुशी भएर गाउँ पालिका जनप्रतिनिधि र कर्मचारीहरुलाई आभार व्यक्त गरेका छन् । यस आधुनिक कृषि औजार सामाग्रीहरु कृषकहरुलाई वितरण कार्यक्रम सम्पन्न भएको चौरीदेउराली गाउँ पालिकाको कृषि विकास शाखा प्रमुख रोज कुमार शर्माले जानकारी दिनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार