२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

आज जेठ २४ शनिवार को राशिफल


८७११ पाठक संख्या
  • २०८२ जेष्ठ २४, शनिबार मा प्रकाशित १ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    उद्योग व्यापारमा फाइदा उठाउन सकिनेछ। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा राम्रो सफलता मिल्नेछ। छोटो समयमा कामको जग बसाउन सकिनेछ। श्रमको उचित मूल्य पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    पुरानो समस्याहरूले विवाद निम्त्याउनेछ। सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापारमा सामान्य लाभ रहनेछ। विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    मान प्रतिष्ठा बढ्नेछ। जीवन साथी को सहयोग मिल्नेछ। कार्यक्षेत्रमा परिवाको सहयोग मिल्ला। प्रतिस्पर्धीहरू पछि हट्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    समय र अवस्था विचार गरेर आफूलाई प्रस्तुत गर्नुहोस्। सामाजिक वा सास्कृतिक क्षेत्रमा प्रतिष्ठित पद मिल्नेछ। दायित्वको निर्वाहनमा धेरै मेहनत गर्नुपर्ला। आफ्नो अनुकूलता विचार गरेर कार्य गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    मेहनतको उचित फल मिल्नेछ साथै पुरानो कार्यबाट लाभ कमाउने योग छ। नयाँ कार्यको थालनीमा विशिष्ट या जानकार व्यक्तिको सल्लाह लिनुहोला। दोधारमा कुनै निर्णय नलिनुहोला। आजको दिन भावनात्मक रुपमा चुनौतीपूर्ण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    शिक्षाको क्षेत्रमा सम्मान मिल्नेछ। आयस्रोत बढ्नुका साथै नयाँ कार्य हात लाग्नेछ। आफ्नाट रचनाहरूले आफ्नो प्रतिभालाई जनाउन सक्नुहुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    घरपरिवारमा अनुकूल परिस्थिति रहनेछ। धार्मिक कार्यहरूमा गरेको योगदानलाई पुरस्कृत गर्न सकिनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    मनमा उत्साह रहनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। व्यापार व्यवसायमा मनग्य लाभ रहने छ। नसोधी सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    न्यायिक मामलाहरूमा सफलता मिल्नेछ। सरकारी क्षेत्रमा आफ्नो कर्तव्यलाई निभाउने प्रयास गर्नुहोस्। सबैले हजुरको व्यवहारक‍ो प्रशंसा गर्नेछन्। नयाँ योजनाहरूको सुरुवात गर्न सक्नुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    घरायसी मामलाहरू सुल्झाउनमा समय बित्नेछ। धर्मकर्ममा मन लाग्नेछ। एउटा कार्य समाप्त गरेर मात्रै अर्को कार्य प्रारम्भ गर्नुहोला। कार्यक्षेत्रमा सहकर्मीहरूले साथ दिनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आत्मविश्वासमा कमी आउनेछ। कार्य समयमा सम्पादन नहोला। द्वेष गर्नेहरूबाट सजग रहनुहोस्। राजनीतिक र सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ संगै नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आफन्तको साथ र सहयोग मिल्नेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। सामाजिक सञ्जालमा बोल्दा शब्दमा विशेष ध्यान दिनुपर्ने हुन्छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार