काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पुरातात्वीक एवं ऐतिहासिक धरोहरको पहिचान बोकेको पनौती नगरको ऐतिहासिक क्षेत्रमा ५ दिनको लागि मालवाहक सवारी सञ्चालनमा रोक लगाईएको छ ।
पनौती नगरमा मनाईने विभिन्न पर्वहरु मध्यको मुख्य पर्वको रुपमा मनाईदै आएको पनैती जात्रा (ज्या पून्हि ) को व्यवस्थापनको लागि भोलि जेठ २५ गतेबाट २९ गते दिउसो १२ बजे सम्मको लागि मालबाहक सवारी साधनमा रोक लगाएको भनदै नगरले सुचना जारी गरेको छ ।
नगरको प्रमुख व्यापारीक क्षेत्रमा मनाईने पर्वमा मालवाहक सवारी आवागमन हुदा थप समस्या हुने भएकोले सहज व्यवस्थापनको लागि रोक लगाईएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस