२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

पाँचखालको लोगो बनाउनेलाई २० हजार पुरस्कार


७४८९ पाठक संख्या
  • २०८२ जेष्ठ २५, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरपालिकाको उत्कृष्‍ट लोगो बनाउने लाई २० हजार पुरस्कारको व्यवस्था गरिने भएको छ ।

    पाँचखाल नगरको जेठ १३ गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार आगामी असार ४ गते भित्र इच्छुक व्यक्ति‚ फर्म ‚ सङ्घ संस्था वा कम्पनीले लोगो डिजाइन गरी नगरपालिकामा बुझाउनु पर्नेछ ।

    लोगो बनाउदा पाँचखाल नगरको पहिचान झल्कने ढङ्गको हुनुपर्नेछ । नगरमा प्राप्त भएको लोगो मध्य छनोट गरी १ उत्कृष्टको छनोट गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार