२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

कोलम्बियामा एनआरएनएको अध्यक्षमा मैनाली


१६५११ पाठक संख्या
  • २०८२ जेष्ठ २७, मंगलबार मा प्रकाशित १ साल अघि
  • कोलम्बिया । कोलम्बियामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९२औं राष्ट्रिय समन्वय परिषद (एनसीसी)स्थापना भएको छ । संघको अमेरिका क्षेत्रीय संयोजक वेध बस्नेतका अनुसार कोलम्बियामा गठन गरिएको तदर्थ समितिलाई आइतबार (२५ जेठ) मा बसेको संघीय पदाधिकारी बैठकले औपचारिक मान्यता दिएको हो ।

    यसअघि एनआरएनएले ९१औं शाखाको रूपमा आइसल्याण्डमा राष्ट्रिय समन्वय परिषद गठन गरेको थियो । कोलम्बिया तदर्थ समितिको अध्यक्षमा छत्रबहादुर मैनाली, उपाध्यक्षमा लालबहादुर गुरुङ, महासचिवमा सुन्दर तामाङ, सचिवमा धनबहादुर तामाङ, उपसचिवमा प्रेमबहादुर छेत्री र कोषाध्यक्षमा मिथुन थापा चयन भएका छन् भने सदस्यहरूमा जितबहादुर गुरुङ, प्रविना राई र कमल शर्मा रहेका छन् । यस्तै, सल्लाहकार समिति सदस्यमा हर्कराम गुरुङ र उमेश थापालाई चयन गरिएको छ ।

    समिति गठनले अबका दिनमा स्थानीय नेपाली समुदायलाई अझ संगठित बनाउने, संस्थाका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने र एनआरएन अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ । नवगठित समितिले आगामी जुलाई महिनाभित्र संघको केन्द्रीय सदस्यता प्रणाली (एनआइएस) अन्तर्गत सदस्यता लिएपछि मात्र अक्टोबरमा हुने संघको १२औं महाधिवेशनमा सहभागिता जनाउन पाउने छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार