काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल न.पा.११ बाझोखेत स्थित वि.पी.राजमार्ग सडक खण्डमा सवारी चेक जाँचको क्रममा ब्राउन सुगर सहित दुक्षर्् जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज (शुक्रवार) बिहान ५ः४५ को समयमा विशेष सुराकीको आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर र अस्थाई प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ बाट खटिएको संयुक्त प्रहरी टोलीले सो सडक खण्डमा आवत जावत गर्ने सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उक्त अवैध सामान फेलन परेको जनाएको छ ।
भकुण्डेबेशीबाट धुलिखेल तर्फ आउँदै गरेको मे.१ च.३५९७ नम्बरको स्कारपियो गाडी रोकी चेकजाँच गर्ने क्रममा जिल्ला ईलाम रोङ गा.पा. ३ बस्ने वर्ष ३२ को सुमन राई र सोही गाडीका चालक जिल्ला इलाम माई न.पा.१ आँपटारी बस्ने वर्ष २७ को तेज कुमार वराईलीलाई नियन्त्रणमा लिई शरीर खानतलासी गरेको थियो ।
खानतलासिको क्रममा निजहरु मध्ये सुमन राईको साथमा रहेको निलो झोला भित्र निलो रङको जिन्स पाईन्ट रहेको उक्त पाईन्टको खल्ती भित्र (ध्क्ष्ीम् क्त्इल्भ्) लेखिएको कागजको खोल भित्र कालो रङको प्लाष्ट्रिक भित्र लुकाईछिपाई राखेको अवस्थामा लागु औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ मान्यता प्राप्त तराजुबाट तत्काल प्लाष्ट्रिक हटाई तौल गर्दा नेट तौल ९ ग्राम १७० मिलि ग्राम भएको प्रहरीले जनाएको छ ।
उक्त ब्राउन सुगर र निजहरु सवार रहेको मे.१ च.३५९७ नं.को स्कार्पीयो गाडी समेत बरामद गरी निज प्रतिवादीहरुलाई सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट दिन–५ (पाँच) को म्याद थप भई अनुसन्धान कार्य भईरहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस