२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

काभ्रेपलाञ्चोकमा प्रगतिशील लेखक संघको काव्य वाचन


१०९७३ पाठक संख्या
  • २०८२ अषाढ १, आईतबार मा प्रकाशित १ साल अघि
  • असार,१ आइतबार ,२०८२ ,काभ्रेपलान्चोक । प्रगतिशील लेखक संङ्घ काभ्रेको नियमित दशौं काव्य वाचन श्रृङखला सम्पन्न भएको छ। शनिबार काभ्रेको बनेपामा एक कार्यक्रम बीच उक्त श्रृङखला सम्पन्न भएको हो ।

    प्रगतिशिल लेखक संङ्घका केन्द्रीय उपाध्यक्ष समीर सिहको प्रमुख आतिथ्थतामा एक कृति समिक्षा र स्रष्टा बिशेषमा एक कविको ५ वटा कविता वाचन गर्नुका साथै नियमित रचना वाचन गरिएको थियो । प्रलेस काभ्रेले केही महिना अधिदेखि कृति समीक्षा र स्रष्टा विशेष श्रृङखला सुरु गरेको थियो ।

    यस महिनाको दशौं श्रृङखलामा बाल नाटककार भवानी पाण्डेको बाल नाटक’हाम्रो बाल क्लबझमाथि समिक्षात्मक टिप्पणी गरिएको थियो,भने स्रष्टा विशेषमा कवि नायक यदुनाथ देउपुरेका ५ उत्कृष्ट रचनाले स्थान पाएको थियो ।

    पाण्डेको कृतिमाथि साहित्यकार राम सुन्दर पंण्डितले समीक्षा गर्नु भएको थियो । यस्तै देउपुरेले ’के लेखौं कविताझ,’माघ १६ पर्खनु ,झ ’कृष्ण सेनलाई लालसलाम झ, ’लास कुरिरहेछुझर झकारखाना खोलौं, शिर्षकका कविता वाचन गर्नु भयो । उहाँका रचना माथि प्रमुख अतिथिले समिक्षात्मक टिप्पणी गर्नु भएको हो ।

    प्रलेस काभ्रेका जिल्ला अध्यक्ष कान्छामान लामा तामाङ रक्तिमको अध्यक्षतामा भएको कार्यक्रममा प्रलेस केन्द्रीय पार्षद सदस्य ध्रुब रायमाझी , रुपिकाका लेखक केशब घिमिरे , वर्तमान कविता समुहका अध्यक्ष कवि विश्व सिग्देल, पुराना अग्रज कवि तथा गुरु केशब ज्ञवाली र काभ्रे प्रलेसका पदाधिकारी लगायत कवि साहित्यकारहरुको बाक्लो उपस्थित रहेको थियो ।

    कार्यक्रममा कविहरु विश्व सिग्देल , नवराज उत्साही, मुरहरी रायमाझी , बलराम विष्ट, संजय सोति , केशब घिमिरे, घायल योद्दा नबराज, केशब राज पौडेल ,अनामिका सजल , रक्तिम लामा, भवानी पाण्डे ,यदुनाथ देउपुरे,ध्रुब रायमाझी , समीर सिंह, सरस्वती चिमौरिया, राधिका घिमिरे , हरि प्रसाद चौलागाईं ,केशब ज्ञवली ’आगतझ, शारदा नेपाल , दिनेश खरेलले आ– आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार