२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

आज साउन १६ शुक्रवार को राशिफल


६५५३ पाठक संख्या
  • २०८२ श्रावण १६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    साझेदारी व्यापारमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा इष्टमित्रहरूको सहयोग मिल्नेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। दिन आनन्दमय रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    स्वास्थ्य सम्बन्धी चिन्ताले सताउनेछ। अरुको लागि उपयोगी भइनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। ईर्ष्या वा द्वेष गर्नेहरुले हार खानेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा सम्पादन गर्नमा ध्यान केन्द्रित गर्नुहोस्। आफन्तहरूबाट अप्रिय सूचना सुन्न मिल्ला सचेत रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आफन्तहरूबाट कुनै सुखद समाचारले मन उत्साहित रहनेछ। सम्बन्ध बनाउन आफ्नो अहंकार लाई त्याग्नुपर्ने रहेको छ। कार्यक्षेत्रमा रुकावट आएपनि धैर्यताको परिचय दिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आर्थिक क्षेत्र सबल रहनेछ। करियरलाई लिएर नयाँ दिशा मिल्नेछ। दूरसञ्चार एवं मिडियाको क्षेत्रबाट विशेष सफलता मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    अध्ययनमा रुचिले शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। आफ्नो विचार र व्यवहारले अरूलाई आकर्षण गर्न सकिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    शुभ कार्यको चर्चा चल्नेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। चिताएका कार्य सम्पादन गर्नमा सफल भइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    छरछिमेकीसँग कुनै कुरालाई लिएर वादविवाद बढ्नसक्छ सावधान रहनुहोस्। फाइदाको लागि केही वस्तु त्याग्नुपर्ला। यात्रा सुखद रहनेछ। व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था देखिएको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    मेहनत अनुसार राम्रो परिणाम प्राप्त हुनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। सहयोगीहरूको सहयोग मिल्नुका साथै दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    पुरानो कार्यबाट लाभ आर्जन गर्न सकिनेछ। अरुको कार्य गर्दा गर्दै आफ्नो कार्य समयमा पूरा नहोलासावधान रहनुहोस्। सामाजिक उत्तरदायित्व प्राप्त होला। नयाँ अवसरको खोजीमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    नयाँ कार्यको प्रस्ताव आउनेछ भने सहयोगीहरूले सहयोग गर्नेछन्। धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ। आध्यात्मिक र सांस्कृतिक चेतनामा विकास हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आत्मसम्मानमा ठेस लाग्न सक्छ सावधान रहनुहोस्। पहिला पाएको सफलताले नयाँ कार्यमा हौसला जगाउनेछ। आक्षेप लगाउनेहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार