२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

आज साउन २९ बिहिवार को राशिफल


७६९७ पाठक संख्या
  • २०८२ श्रावण २९, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आफ्नो जीवनशैलीमा सुधार गर्ने समय रहेको छ। आत्मविश्वासमा कमि आउनेछ। आफन्तहरूसंग समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर वेबास्था नगर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    धर्मकर्ममा समय व्यतीत हुनेछ। कार्यस्थलमा शत्रु सक्रिय रहनेछन्। अधिकारीहरूसँग व्यर्थको वादविवादबाट बच्नुहोस्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    घर परिवारसँग सल्लाह लिएर मात्र कुनै पनि निर्णय लिनुहोला। राज्यपक्ष र प्रशासनिक क्षेत्रबाट लाभ मिल्नेछ। अड्केका कार्य पूरा हुनेछन्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    ढिला भएको कार्यले गति लिनेछ। नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग मिल्नेछ। घरपरिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    चुनौतीपूर्ण कार्य गर्ने समय रहेको छ। दोहोराएर प्रयत्न गर्दा रोकिएका कार्य बन्नेछन्। सफलताको लागि केही वस्तु त्याग गर्नुपर्ला। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ७ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    खानपान र व्यवहार पक्षमा ध्यान पुर्‍याउनुहोस्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। व्यापार व्यवसायमा तत्काल लाभ नमिले पनि भविष्यको लागि राम्रो जग बसाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    प्रेम र मित्रताको बन्धन कसिनेछ। घुमफिर वा मनोरञ्जनमा समय व्यतीत हुनेछ। पहिला गरेको कार्यबाट प्रशस्त लाभ उठाउन सकिनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    सन्तान पक्षबाट सन्तुष्टि मिल्नेछ। पढाइ र प्रेममा सफलता मिल्नेछ। युवाहरूलाई अवसर प्राप्त भएतापनि लाभ प्राप्त गर्न संघर्ष गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    नयाँ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। अरुसँग वाद विवाद गर्नबाट बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। ठेकापट्टाको कार्यबाट लाभ उठाउन सकिनेछ। प्रतिस्पर्धामा विजय भइनेछ। गुप्त योजनाहरू अरूको समक्ष नभन्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    सञ्चित धनमा वृद्धि हुनेछ। घरपरिवारको साथ र सहयोग मिल्नेछ। चिताएको कार्य सम्पादन गर्न सकिनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकाश हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। चञ्चल मनले गर्दा हातमा आएको अवसर गुम्ला सावधान रहनुहोस्। पिताको सहयोग मिल्नेछ। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार