२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

आज भाद्र २६ बिहिवार को राशिफल


८३७३ पाठक संख्या
  • २०८२ भाद्र २६, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। आत्मविश्वास बढ्नेछ। आर्थिक पक्षमा सुदृढता आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    प्रेम सम्बन्धमा प्रगति हुनेछ। कुनै शुभ समाचारले परिवारमा खुसी बढ्नेछ। यात्रा हानिकारक रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    साथीभाइहरूको सहयोग पाइनेछ। कार्यक्षेत्रमा लाभ रहनेछ। पारिवारिक विषयवस्तुमा खर्च बढ्नेछ। व्यवहारमा संयमता राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आफ्नो क्षमताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। नँया व्यवसायमा प्रारम्भ गर्न सफल भइनेछ। मनमा प्रेम र विश्वासको सृजन हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। विवादास्पद कार्यमा फस्नुपर्ला सावधान रहनुहोस्। अध्ययनमा पछि रहनाले शैक्षिक क्षेत्रमा बाधा आउनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    नोकरी वा पेशामा नयाँ अवसर प्राप्त हुनेछ। अध्ययनमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। सकेसम्म यात्रा नगर्नुहोस्। प्रतिद्वन्दीहरू आफै किनारा लाग्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। पेट सम्बन्धी समस्याले सताउन सक्छ। दिन संघर्षपूर्ण रहनेछ। परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। विलासिताको वस्तुमा धन खर्च हुन सक्छ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा प्रेमिद्वारा आश्वासन पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर सावधान रहनुहोला। व्यपार व्यवसायमा आफन्तहरूको साथ र सहयोग पाइनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    कार्यक्षेत्रमा जोखिम लिनबाट बच्नुहोस्। अरुलाई पैसा सापटी दिँदा सावधान रहनुहोला। पुरानो मित्रसँग भेटघाटले रोकिएका काम बन्नेछन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    नयाँ कार्य र यात्रा गर्दा सजगता अपनाउनुहोस् सकेसम्म यात्रा नगर्नुहोस्। आफ्नो कार्य अरुमाथि नछोड्नुहोला। सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ संगै अधिकारी हरूको समर्थन पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    नँया लगानी लगाउन उपयुक्त समय रहेको छ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। विवादास्पद समस्याबाट मुक्ति मिल्नेछ। मानसिक शान्ति मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार