२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

आज आश्विन २ बिहिवार को राशिफल


६९९५ पाठक संख्या
  • २०८२ आश्विन २, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। राजनैतिक सम्पर्कले लाभ मिल्नेछ। व्यावसायिक यात्रा सफल हुनेछ। मित्रहरूको साथ मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    कार्यस्थलमा सहकर्मीहरूको साथ पाइनेछ। मेहनतको अनुरूप फल मिल्ला| विवादित समस्याहरू सुल्झिनेछन्। आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    सम्पत्तिलाई लिएर विवाद बढ्नेछ। आकस्मिक यात्राका योग छन्। स्वास्थ्य सबल रहनेछ। व्यापार व्यवसायमा गरिएको नयाँ प्रयोग सफल हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आफन्तहरूको सहयोगले मनोबलमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। चिताएका काम पूरा हुनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    रोकिएका कार्य अधिकारीहरूको सहयोगले सम्पादन हुनेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। बोलीमा नियन्त्रण आवश्यक रहेको छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    नँया लगानी लगाउदा आतिएर निर्णय नलिनुहोल। प्रियजनहरूबाट सहायता मिल्नेछ। सांस्कृतिक वा शुभकार्यमा सहयोगी भइएला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    कार्यक्षेत्रमा अप्ठ्यारा परिस्थितिलाई सजिलै सम्पादन गर्न सकिनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आयआर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अक ८ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    कारोबारमा सफलता मिल्नेछ। सामाजिक वर्चस्व बढ्नेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसर मिल्ला। परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रङ्ग निलो हो भने शुभ अङ्क ७ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    व्यावहारिक पक्ष बलियो बन्नेछ। अड्केको धन मिल्नाले मन प्रसन्न रहनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    अरुको विश्वास जित्नलाई कार्य समयमा पूरा गर्नुहोस्। जरुरत पूर्तिको लागि संघर्ष गर्नुपर्ला। विवादित समस्याबाट टाढा रहनुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    भावुकतामा आएर कुनै पनि निर्णय नलिनुहोला। खानपान र सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस। ऋण दिएको पैसा लिन गाह्रो होला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    लगनशीलताले कार्यक्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा सुमधुरता स्थापित हुनेछ। विद्यार्थीहरूले पढाइको क्षेत्रमा अनुभवी व्यक्तिहरूको सल्लाहलाई वेवास्था नगर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार