२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

पर्यटकसँग अभद्रता र लुटपाट आरोपमा १३ जना थुनामा


५२०१ पाठक संख्या
  • २०८२ मंसिर १०, बुधबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काठमाडौँ प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिने, लुटपाट गर्ने तथा जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा १३ जनालाई ठमेल क्षेत्रबाट पक्राउ गरेको छ।

    प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ परेकाहरूमा काभ्रे – बादल तामाङ  ,बाजुरा – गणेश नाथ , तनहुँ – विशाल थापामगर , सिन्धुली – गणेश तामाङ , सर्लाही – सागर मगर , सुनसरी – रमेश क्षेत्री , दोलखा – विशाल नेपाली  , रामेछाप – मिलन नेपाली , बाँके – अभिषेक थापा , काभ्रे – सञ्जय लामा , दाङ – प्रतिमा डाँगी , दाङ – प्रमिला पुनमगर ,

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार यी व्यक्तिहरूले स्वदेशी तथा विदेशी पर्यटकलाई दुःख दिने र लुटपाटमा संलग्न रहेकाले पक्राउ गरिएको हो। अभद्र व्यवहार सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद थप गरी उनीहरूविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार