२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

बुवाको हत्या आरोपमा छोरी पक्राउ


८४२५ पाठक संख्या
  • २०८२ मंसिर २३, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • दैलेख । आफ्नै बुवा ६५ वर्षीय धनबहादुर रामजाली मगरको हत्या गरेको अभियोगमा दैलेख प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

    नौमुले गाउँपालिका–५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजाली मगरलाई सोमबार साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

    प्रहरीका अनुसार घरायसी विवादका क्रममा तिर्सनाले काठको चिरपटले प्रहार गर्दा धनबहादुर गम्भीर घाइते भएको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नौमुलेबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

    घटनामा गम्भीर घाइते भएका धनबहादुरलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नौमुले लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

    घटनापछि प्रहरीले अभियुक्त भनिएकी तिर्सनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। घटनाको वास्तविक कारण, पारिवारिक पृष्ठभूमि तथा अन्य सम्भावित पक्षबारे समेत प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।

    मृतकको शव पोष्टमार्टमका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको र घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

    स्थानीयवासीहरूका अनुसार घटना गाउँमै सनसनीपूर्ण बनेको छ भने प्रहरीले शान्ति–सुरक्षाको अवस्था नियन्त्रणमा रहेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार