२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

काभ्रेपलाञ्चोकमा माओवादी केन्द्रको अन्तिम बैठक सम्पन्न, आजबाट नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने तयारी


८२६९ पाठक संख्या
  • २०८२ मंसिर २७, शनिबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पूर्ण बैठक शुक्रबार सम्पन्न भएको छ । उक्त बैठकलाई माओवादी केन्द्रको जिल्ला तहको अन्तिम बैठकका रूपमा लिइएको छ ।

    आज शनिबार एकता प्रक्रियामा जुटेका १६ दलको संयुक्त बैठक आयोजना गरी नेपाली कम्युनिष्ट पार्टीमा रुपान्तरण हुने तयारी गरिएको जनाइएको छ ।

    नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला संयोजक भोला प्रसाद अर्यालका अनुसार जिल्लामा हाल करिब १२ हजार पार्टी सदस्यता रहेको छ । पार्टीको संरचनाअनुसार ३०१ सदस्यीय जिल्ला कमिटी, १५१ सदस्यीय सल्लाहकार समिति, १०५ सदस्यीय प्रदेश कमिटी तथा १७ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । पूर्ण बैठकमा विभिन्न भ्रातृ संगठनका उपाध्यक्षसम्मको उल्लेख्य सहभागिता रहेको थियो ।

    जिल्ला संयोजक अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा बागमती प्रदेश कमिटी समन्वय समिति सदस्य हितबहादुर तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

    बैठकको सुरुवातमा संयोजक अर्यालले एजेन्डा प्रस्तुत गर्दै यो बैठक माओवादी केन्द्रको तर्फबाट अन्तिम बैठक भएको र भोलिबाट नेपाली कम्युनिष्ट पार्टीमा रुपान्तरण हुने स्पष्ट पार्नुभयो ।

    बैठकमा बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री, राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरू सुर्यमान दोङ, तेजबहादुर मिजार, दिनानाथ गौतम, अक्कलबहादुर थिङ, बागमती प्रदेश कमिटी सचिव तथा खानिखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ लगायतका वक्ताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    बैठकको सञ्चालन नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला कार्यालय सदस्य दैवलाल घिसिङ अनुशिलले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार