बुटवल । दाङको लमहीमा पेस्तोल पड्किँदा एक जना युवक घाइते भएका छन्। घाइते हुनेमा लमही–रातोडाँडास्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहका अनुसार शनिबार बिहान करिब पौने ११ बजे होटलको कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाएर राखिएको भनिएको पेस्तोल अचानक पड्किँदा गौतमको औँलामा चोट लागेको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
पेस्तोल कसले र कहिले लुकाएर राखेको हो भन्ने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। यसअघि पनि दाङको लमही क्षेत्रमा गोली चल्ने घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस