२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

आर्थिकको स्थापना दिवसमा १४८ लाई सम्मान ‚ नेरेसो काभ्रेपलाञ्चोकलाई २५ हजार प्रदान


८७११ पाठक संख्या
  • २०८२ पौष ६, आईतबार मा प्रकाशित ७ महिना अघि
  •  काभ्रेपलाञ्चोककाभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा केन्द्रिय कार्यालय रहि काभ्रेपलाञ्चोक जिल्ला भरी कार्यक्षेत्र भएको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको २२ औं स्थापना दिवस सम्पन्न भएको छ । 

    पुस ५ गते संस्थाको स्थापना दिवसको अवसरमा १४८ जना ज्येष्ठ सदस्यहरूको स्वास्थ्य परिक्षण ‚ आखा परिक्षण सहित न्यानो कपडा ‚ हिड्नेको लागि सहारा स्वरुप आधुनिक लौरो ‚ पौष्टिक आहारा समेत प्रदान गर्दै कदर पत्र सहितले सम्मान गरिएको थियो ।

    “बाल युवा प्रौढको साथ सबैसँग आर्थिक विकास“ भन्ने मूल नाराका साथमा अगाडि बढेको उक्त सहकारी संस्थाको स्थापना दिवसको अवसरमा मानिस बाच्नको लागि नभई नहुने रगतको दान गर्ने वातावरण समेत मिलाइएको थियो । जसमा ३३ जनाले रक्तदान गर्नुभएको थियो । संस्थाले आयोजना गरेको जनरल स्वास्थ्य परीक्षणमा ९३ जना र आँखा परीक्षणमा ८६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।  

    पाँचखाल नगरपालिका सभाहलमा संस्थाका अध्यक्ष  बाबुकाजी पराजुलीको शभापतित्वमा पाँचखाल नगरपालिका उपप्रमुख सूर्य माया दनुवारको प्रमुख आतिथ्यमा जिल्ला समन्वय समिति प्रवक्ता अप्सरा ढुङ्गाना सिपखानको विषेश आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । 

    संस्थाका सचिव रामप्रसाद कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार ईश्वरी राजकुमार मैनाली‚ पाँचखाल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुन्दर तामाङ‚ नेपाल रेडक्रस  सोसाइटी काभ्रेका मन्त्री राजु सिग्देल‚ संस्थाका सल्लाहकार रामशरण लुँइटेल‚ सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार प्रसाद लामिछाने ‚ पुस्तान्तरण नेपालको अध्यक्ष प्रतिवेदन वैद्य ‚ संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक बद्रीप्रसाद आचार्य‚ लगायतका अतिथि हरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सुदृष्टि आइ केयर बनेपाको प्राविधिक सहयोगमा नि:शुल्क आँखा परीक्षण तथा औषधि वितरण गरिएको थियो । पाँचखाल नगरपालिकाको समन्वयमा पुस्तान्तरण नेपालको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । यसैगरी नेपाल रेड क्रस सोसाइटी काभ्रेले स्थापना गर्न लागेको २ करोडको अक्षय कोषको लागि संस्थाले २५ हजार प्रदान गरेको थियो । संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमको लागि ब्लड बैँक काभ्रेको समन्वय रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार