२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि छानबिन माग्दै दीपेन्द्र अग्रवाल प्रहरी हिरासतमा अनशन


३६६७ पाठक संख्या
  • २०८२ पौष ७, सोमबार मा प्रकाशित ७ महिना अघि
  • काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेपछि शेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवालले छानबिन र कारबाहीको माग गर्दै प्रहरी हिरासतमा अनशन थालेका छन्।

    अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेदेखि उनले अन्न र पानी नखाने घोषणा गर्दै अनशन जारी राखेको उनकी पत्नीले जानकारी दिएकी छन्।

    सेबोन अध्यक्ष श्रेष्ठले रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनका लागि सहजीकरण गरेबापत करोडौं रुपैयाँ घुस लिएको आरोप छ। सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अर्थ मन्त्रालयमा थुप्रै उजुरी परिसकेका छन्।

    त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर कारोबारमा इनसाइडर ट्रेडिङ भएको आरोप, स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट आईपीओ स्वीकृतिका नाममा कमिसन मागिएको विषय लगायतका प्रकरणमा पनि अध्यक्ष श्रेष्ठ विवादमा तानिएका छन्।

    अग्रवालले आफूले भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण पूर्वाग्रही ढंगले पक्राउ गरिएको दाबी गर्दै सेबोनका अध्यक्षसहित शेयर बजारमा गलत गतिविधिमा संलग्न सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार