२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

नेपाल नापित समाजको ५औँ अधिवेशन सम्पन्न, ज्ञानबहादुर नापितको नेतृत्वमा नयाँ कार्यसमिति


१००८९ पाठक संख्या
  • २०८२ पौष १४, सोमबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । नेपाल नापित समाजको १७औँ साधारण सभा तथा ५औँ अधिवेशन शनिबार मध्यपुर थिमिस्थित मध्यपुर बैन्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ।

    समाजका अध्यक्ष राजन नापितको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा नानी मैया छात्रवृत्ति कोषका संस्थापक डा. ईन्द्र नापितले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

    कार्यक्रम नेपाली र नेपाल भाषाको राष्ट्रिय गानबाट सुरु गरिएको थियो। समाजका उपाध्यक्ष ज्ञानबहादुर नापितले स्वागत मन्तव्य राख्नुभएको थियो। अधिवेशनमा महासचिव श्यामहरि नापितद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष माधव नापितद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा सचिव राजेन्द्र नापितद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको छ।

    समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत २०८१ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेको छ। साथै आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने संस्थालाई आर्थिक सहयोग गर्ने दाताहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

    अधिवेशनले प्रविण नापित संयोजक तथा नारायण नापित र शंकर नापित सदस्य रहेको निर्वाचन समितिमार्फत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

    नवनिर्वाचित पदाधिकारीहरू यसप्रकार रहेका छन्:
    अध्यक्ष—ज्ञानबहादुर नापित,
    वरिष्ठ उपाध्यक्ष—जगदिश्वर नापित,
    उपाध्यक्ष—श्यामहरि नापित,
    महासचिव—राजेन्द्र नापित (बोडे),
    सचिव—राजेन्द्र नापित (ललितपुर),
    कोषाध्यक्ष—निलकमल नापित,
    सह–कोषाध्यक्ष—सम्पूर्ण नापित।

    त्यसैगरी सदस्यहरूमा पुष्प नापित, जोतिक नापित, प्रेमलाल नापित, जिनेश्वरी नापित र बालकृष्ण नापित निर्वाचित हुनुभएको छ। कार्यक्रमको सञ्चालन शोभा नापितले गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष राजन नापितले धन्यवाद मन्तव्य राख्दै कार्यक्रमको समापन गर्नुभएको थियो।

    कार्यक्रममा नेपाल नापित समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम नापित र निवर्तमान अध्यक्ष नारायण नापितले पनि मन्तव्य राख्नुभएको थियो। साथै उपत्यकाका विभिन्न गुठीका प्रतिनिधि तथा समाजका सल्लाहकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार