२०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि पाँचखालमा तालिम सम्पन्न


१२३२५ पाठक संख्या
  • २०८२ पौष २९, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । कृषि नगरको रूपमा परिचित पाँचखाल नगरपालिकामा मातृ तथा नवजात शिशुको स्वास्थ्य सुदृढीकरण गर्ने उद्देश्यले दुईदिने मातृ–शिशु सम्बन्धी तालिम सम्पन्न भएको छ।

    पाँचखाल नगरपालिकाभित्र कार्यरत महिला स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिम पाँचखाल नगर स्वास्थ्य शाखा र लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको संयुक्त आयोजनामा गरिएको हो।

    तालिम बनेपास्थित शिर मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा तथा पाँचखाल जेसिज र उज्यालो नेपालको सहकार्यमा सञ्चालन भएको थियो। कार्यक्रममा पाँचखाल नगरपालिकाका विभिन्न वडामा कार्यरत १७ जना महिला स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

    पाँचखाल नगर स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीको अध्यक्षतामा सम्पन्न तालिममा शिर मेमोरियल अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्रशिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममा डा. अरुण गुप्ता, बिकु माया कर्माचार्य, रुपा लक्ष्मी श्रेष्ठ, एलिना श्रेष्ठ, पुकार श्रेष्ठ र दिव्यश्वर लाखेले सहजीकरण गरेका थिए।

    तालिमका क्रममा गर्भावस्था, सुत्केरी अवस्था र नवजात शिशुको प्रारम्भिक हेरचाह, शिशु जन्मिएपछि तुरुन्तै अपनाउनुपर्ने सावधानी, संक्रमणबाट बच्ने उपाय, स्तनपानको महत्व तथा आमाको स्वास्थ्य निगरानीजस्ता विषयमा व्यवहारिक तथा सैद्धान्तिक जानकारी प्रदान गरिएको थियो।

    तालिमले महिला स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्दै स्थानीय स्तरमै सुरक्षित मातृ तथा नवजात शिशु सेवाको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ। आयोजक संस्थाहरूले यस्ता तालिमहरू निरन्तर सञ्चालन गरी मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु