२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

मतदान सचेतनाका लागि ६ हजार ७ सय वडामा स्वयंसेवक परिचालन


४२६५ पाठक संख्या
  • २०८२ माघ २६, सोमबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन ३ देखि १७ गतेसम्म देशव्यापी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। आयोगले निर्वाचन प्रक्रिया, मताधिकारको महत्त्व र मतदान विधिबारे मतदातालाई समयमै जानकारी गराउने उद्देश्यले विशेष मतदाता शिक्षा कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याउन लागेको हो।

    आयोगका अनुसार आमसञ्चार माध्यम, सामाजिक सञ्जाल तथा स्वयंसेवक परिचालनमार्फत कार्यक्रम सञ्चालन गरिनेछ। देशभरका नगरपालिका तथा गाउँपालिकाका जम्मा ६ हजार ७ सय ४३ वडामा सो अवधिभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने आयोगले जनाएको छ।

    कार्यक्रमलाई प्रभावकारी बनाउन घरदैलो अभियान तथा विद्यालयस्तरमा समेत स्वयंसेवक परिचालन गरिने आयोगको भनाइ छ। यसबाट मतदान प्रक्रियामा नागरिकको सहभागिता र सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार